एमाले चौतर्फी घेराबन्दीमा : शंकर पोखरेल

वेलकम खबर
बैशाख १६, २०७९

काठमाडौं । अहिले नेकपा एमाले चौतर्फी घेराबन्दीमा परेको महासचिव शंकर पोखरेलले बताएका छन् ।

एमाले बबई गाउँ कमिटीको आयोजनामा बबई गाउँपालिकाको हापुरेमा आयोजित प्रथम चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले नेकपा एमालेले गरेको राम्रो काम सहन नसकेर पाँच दलीय गठबन्धनले परमादेशको सरकार बनाएको बताए ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्षसमेत रहेका बबई गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्वार भुवनेश्वर पौडेलले चुनाव पश्चात तत्काल भूमिहिन सुकुम्बासीलाई लालपूर्जा प्रदान गर्ने बताए ।

उनले बबई गाउँपालिकामा तयार रहेका लालपूर्जा गठबन्धन सरकारले आयोग गठन नगरिदिँदा हस्तान्तरण गर्न नसकिएको उनको भनाइ छ । एमालेले चुनाव जितेमा तत्काल सुकुम्बासीको हातमा लालपूर्जा पर्ने उनले दावी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*