एमालेले ताप्लेजुङबाट खाता खोल्यो, ओलाङचुङगोलामा वडाअध्यक्ष सहित सवै निर्विरोध

मदन गौतम
बैशाख १२, २०७९

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङको फक्त्ताङलुङ गाउपालिकावडा नं ७ ओलाङचुङगोलामा वडाध्यक्षमा एक जना उम्मेद्धारको मनोनयन दर्ता भएको छ ।

देशभर उम्मेद्धारको टिकटको लागि हेडबाजी चलिरहेको बेला ओलाङचुङगोलामा गाउँ भेलाले गत निर्वाचनमा एकमतले पराजित भएका छेतेन शेर्पालाई वडाध्यक्ष बनाउने निर्णयसहित निर्बिरोध बनाएका हुन । उम्मेद्धारी मनोनयनको औपचारिक प्रक्रियाबाहेक गाउँको भेलाले वडाध्यक्ष र सदस्यहरु पनि सर्वसम्मत चयन गरेका छन् ।
ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे बन्नुभएको छ । तर यसको औपचारिक घोषणा हुन बाकी रहेको छ । यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विकको उम्मेद्धारी परेको छ । गाउँमा पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै सर्वसम्मत गरिएको हो ।
वडाध्यक्षका उम्मेद्धार छेतेन शेर्पा भोटेका अनुसार गाउँलेहरूले चयन गरेका उम्मेदवार बाहेक यस वडामा अरु कोही पनि व्यक्तिले उम्मेद्धारी दिएका छैनन् । साथै उनीहरूविरुद्ध वडाका कसैले पनि उम्मेद्धारी दर्ता नगर्ने सहमति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*