महासंघको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएर पालिका उपाध्यक्षमा आङबुहाङले गरे उम्मेदवारी दर्ता

मदन गौतम
बैशाख १२, २०७९

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेबाट पत्रकार शान्ता आङबुहाङले मनोनयन दर्ता गराएकी छिन् ।
आठराई त्रिवेणी गाउँपालिको नेकपा एमालेबाट पत्रकार शान्ता आङबुहाङले गाउपालिका कार्यालय हाङपाङमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएकीछिन् । नेकपा एमाले आठराई त्रिवेणी गाउपालिका कमिटिले आङबुहाङलाई सर्वसम्मत उम्मेद्धार बनाएको थियो ।
स्थानीय तहको निर्वाचनमा उम्मेद्धार भइ मनोनयन दर्ता गराउनु अघि आङबुहाङले नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यबाट राजीनामा दिएकी छिन् ।
आङबुहाङ महिला आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । केन्द्रीय अध्यक्षलाई पेस गरेको पत्रमा आङबुहाङले प्रेस स्वतन्त्रताको मर्मलाई मध्यनजर गर्दै राजीनामा दिएको उल्लेख गरेकी छिन् ।
नेपाल पत्रकार महासंघले महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले स्थानीय निर्वाचनमा उम्मेद्धार बन्न चाहेमा महासंघको सदस्यता परित्याग गर्नुपर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*