आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार दिपेन पोमू को हुन् ?

वेलकम खबर
बैशाख ११, २०७९

अहिले सबैतिर निर्वाचनमय बनेको छ । पाँच वर्ष पछि फेरी सम्पूर्ण स्थानीय तहहरूले नयाँ नेतृत्व पाउँदैछन् । प्रत्येक स्थानीय तहका राजनीतिज्ञहरू निर्वाचनमा होमिएका छन् । आफ्नो आफ्नो उम्मेदवार घोषण गरिरहेका छन् भने कोही टुङ्ग्याउने तिर लागि परिरहेका छन् ।

यस्तै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदका लागि नेकपा एमालेले दिपेन पोमू लिम्बूलाई सर्वसम्मत उम्मेदवार छनोट गरिसकेको छ । पार्टीले दिएको जिम्मेवारीमा खुसी सँगै चुनौती थपिएको पोमूले बताउँछन् ।

उनले भने, ‘गाउँपालिकाको लागि सक्षम देखेरै होला यो जिम्मेवारी सुम्पेको छ, थप जिम्मेवारी सँगै चुनौती पनि उत्तिकै थपिएको छ, हेरौं के हुन्छ, हार जित त जीवनको खेल नै  हो ! जे भए पनि स्वीकार्य छ ।’

उनी भन्छन् ‘यदि जितिहालियो भने मेरो गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने बाटोमा नै सकेसम्म लाग्ने छु । जनताले मेरो लागि खर्चेको भोट खेर जान दिने छैन ।’

राजनीति यात्रा 
२०४४ साल बैशाख २२ गते आठराई त्रिवेणी गाउँपालिका साबिकको निघुरादिनमा जन्मेका पोमूले राजनीतिको यात्रा २०५७ सालबाट सुरु गरेका हुन् । उनको यात्रा अनेरास्ववियुबाट भएको हो । यो यात्रासँगै उनी वि.सं. २०६४ सालमा युथफोर्सको ताप्लेजुङ जिल्ला उपसचिव भएका थिए ।

यस्तै वि.सं. २०६५ सालमा युथफोर्स जिल्ला सचिव भए । वि.सं. २०६७ सालमा युवा सघ नेपाल जिल्ला कमिटी कोषध्यक्ष भएका थिए भने, वि. सं. २०६९ सालमा युवा संघ नेपाल केन्द्रिय कमिटीका सदस्य भए हुुन् । साथै ताप्लेजुङ जिल्ला युवा इन्चार्ज पनि भएका थिए ।

वि.सं. २०७४ सालमा पार्टीका जिल्ला कमिटी सदस्य र वि.सं. २०७५ सालमा पार्टी एकीकरण भएर नेकपा हुँदा आठराई त्रीबेणी गाउपालिका पार्टी सचिव सम्हालेका थिए । वि.सं. २०७७ सालमा राष्ट्रिय युवा सघ नेपालका केन्द्रिय कमिटी सचिव भएका थिए, यो सँगै वि.सं. २०७७ सालमा नै पार्टी भित्र चरम विवाद हुँदा ताप्लेजुङ जिल्ला पार्टी सचिव भई पार्टीलाई सम्हाल्ने कोसिस गरेका थिए ।

यस्तै २०७७ सालमा नै राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति ताप्लेजुङको अध्यक्ष भएका थिए । वि.सं. २०७८ साल माघमा नेकपा एमाले ताप्लेजुङको ११औ जिल्ला अधिवेशनबाट सर्वाधिक मत ल्याएर उनी जिल्ला उपसचिवमा निवार्चित भएका हुन् ।

सङ्घसंस्थाको अनुभव
परम सिह देबि मा बि निघुरादिनको बि ब्या स अध्यक्ष, सामुदायिक विद्युत  सहकारी ताप्लेजुङ जिल्ला अध्यक्ष, निर्माण व्यावसायिक महासंघ ताप्लेजुङ को जिल्ला उपाध्यक्ष, विद्युत सहकारी निघुरादिनको अध्यक्ष भएर काम गरिसकेका  छन् ।

भावी योजना
उनले गाउँपालिकालाई नमुना गाउँपालिका बनाउँनका लागि शिक्षा, कृषि, स्वास्थ्य, यातायात, खेलकुद, विद्युत, सञ्चार, खाने पानि जस्तै धेरै विकासको योजना बनाएका छन् । उनी बन्छन् । ‘योजना बनाउँनु यो गर्छु त्यो गर्छु भन्नु ठूलो कुरा होइन् । कार्यन्वयन गरेर जनताको मन जित्नु ठुलो कुरा हो । त्यसैले म गर्छु भन्नेमा भन्दा पनि काम गर्नेमा विश्वास गर्छु ।’

जनप्रतिनिधि हुनका लागि नै उनले निर्माण व्याबसायीको काम पनि छोडेकोे बताए । उनी यस अघि निर्माण व्याव्यसायी थिए ।

शिक्षा / सञ्चार
गाउँपालिका भरीका विद्यालयहरुमा गुणस्तरिय शिक्षा प्रदा गर्न र गाउँपालिकाको शैक्षिक गुणस्तर वुद्धि गर्न अतिरिक्त कक्षा संचालका लागि अनुदान रकम उपलब्ध गरर्ने उनले बताए । ताप्लेजुङ आफैमा एक विकट जिल्ला हो । त्यस माथि गाउँ गाउँमा इन्टरनेट, टेलिफोेन जस्ता सञ्चार माध्यमकोे चरम अभाव हुने गर्छ । यसलाई मध्यनजर गर्दै सबै विधालयमा इन्तरनेटको सुविधा प्रदान गरिने उनी बताउँँछन् ।

साथै पालिका भित्र कक्षा १२ सम्मका निशुल्क गरिने र उच्च शिक्षा अध्ययान गर्न चाहने जेहेनदार गरिव विद्यार्थीहरुलाई ५० प्रतिशत अनुदा प्रदान गरिने जस्ता योजना बनाएको उनले सुनाए । यस अघि पनि उनि विधालयका व्यावस्थापन समितिकोे अध्यक्ष भइसकेका कारण उनलाई शिक्षा विकासमा राम्रो अनुभव रहेको छ ।

विद्युत / खानेपाली 
गाउँपालिकोे सबै वडाहरुमा निशुल्क विद्युत सेवा उपलब्ध गर्ने, कतिपय घरहरुमा विद्युत शेवा उपलब्ध हुन नसकेकोे र ति घरहरुमा विद्युत उपलब्ध गराउने उनको योजना रहेको  छ । सथै गाउँपालिकाको प्रत्येक  घरमा निशुल्क विद्युतिय चुला वितरण गर्ने प्रतिवधता जाहेर गरेका छन् । यस्तै खानेपानीको मुहान संरक्षण तथा ब्यावस्थापन गर्ने बताएका छन् ।

पुर्वाधार क्षेत्र
फुलबारी पुच्छार बाट दोखु पुच्छार जोड्ने मोटरेवल पुलकोे आवश्यक अध्यन गरी निर्माणका लागि पहल गर्ने उनी बताउँछन् । प्रत्येक वडाहरुमा एक एक ५०० जना क्षमताको सामुदायिक भवन निर्माण गरिने साथै विभिन्न जातजातिहरुकोे मठ मन्दिर तथा गुम्बाहरुको संरक्षण गरिने उनले बताए । उनी यस अघि नै निर्माण व्यावसायी भएका करण यस क्षेत्रमा पनि उनकोे लामोे अनुभव रहेको छ ।

पर्यटन क्षेत्र 
आन्तरिक आयलाई वुद्धि गर्ने उद्देश्यले गाउँपालिकाका विभिन्न पर्यटकिय स्थानहरुको पहिचान गरी पर्यटकीय क्षेत्रकोे रुपमा विकास तथा विस्तार गर्ने साथै धार्मिक तथा संस्कृतिक पुरातात्विक वस्तुहरुको पहिचान गरी संरक्षण गर्ने पोमु बताउँछन् ।

कुषि क्षेत्र 
नेपाल एक कुषि प्रधान देश हो । विषेश गरी गाउँपालिकाका धेरै मानिस कृषक नै हुने गर्छन् । यस गाउँपालिकाको कृषि क्षेत्रलाई अधुनिकिकरण गरी व्याबसायीक बनाउने उनको योजना रहेको छ । साथै युवाहरुलाई व्यावसायीकरण गर्न विभिन्न कार्यहरुकोे सञ्चाल गरीने योजना रहेको उनी सुनाउँछन् । उनले  भने, ‘हाम्रो गाउँपालिकाको माथिल्लो भेगमा मौरी पालनकोे भविष्य राम्रो रहेकोे छ त्यसैले त्याहाँ व्यापक मात्रामा मौरिपालन व्यावसाय सञ्चालन गर्ने योजना रहेको छ । हेरुम हार जित के हुन्छ ।’ यस्तै अन्य कृषि सम्बन्धी धेरै योजनाहरु रहेको उनी बताउँछन् ।

खलकुद क्षेत्र
गाउँपालिका भित्र सुविधा सम्पन्न रङ्गशाला निर्माणकोे सुरुवामा पहल गर्ने उनककोे योजना रहेकोे छ । यस्तै ब्याडमिटन, भलिबल खेल सञ्चान गर्न प्रत्येक  वडामा कवर्ड हलकोे व्यास्था र खेल क्षेको विकाशका लागि खेलाडि उत्पादन गर्न भिन्न प्रकारका खेलकुदको आयोजना गर्ने योेजना रहेको छ ।

यातायात क्षेत्र 
स्थानीय क्षेत्रकोे ग्रामिण भेगमा सबैभन्दा ठूलोे आवश्यकता भनेको नै यातायात हो । विशेष गरी ताप्लेजुङको सदरमुकाम देखि गाउँपालिका जाने सडक कच्चि रहेको छ । यो बाटोमा हिउदोकोे समयमा धुलो र वर्षा सिजनमा त गाडी नै चल्दैन यसलाई मध्यनजर गर्दै आठराई त्रिवेणी गाउँपालिकाकोे केन्द्रबाट सदरमुकाम जोड्ने बाटो कालो पत्रे गरीने पहिलो प्राथमिकतामा रहेको उनी बताउँछन् ।

साथै आठराई त्रिवेणीदेखि मैवाखोला गाउँपालिका सम्म जोेड्ने सडक काले पत्रे गरिने, जिल्लाकै महत्वपूर्ण रुपले हेरिएको तमोर कडिडोरलाई कालो पत्रे गर्न विषेश पहल गर्ने उनले बताए । यस्तै विका निर्माण कार्यमा अनिवार्य उपभोक्तालाई उपस्थि गराइने उनको योजना रहेकोे छ । उनी यस अधि निर्माण व्यावसायी भएका कारण यसमा पनि उनको राम्रो अनुभव रहेको छ ।

स्वस्थ्य क्षेत्र
सबै वडाका स्वस्थ्य संस्थाहरुबाट आधारभुत स्वस्थ्य सेवा उपलब्ध गराइने र वडाहरुमा विभिन्न समयमा निशुुल्क स्वस्थ्य शिविर सञ्चालन गरिने उनले सुुनाए । विपन्न वर्गका नागरिककाहरुका लागि आपतकालिन स्वस्थ्य समस्या परेका बेला स्वस्थ्य शिविर सञ्चालन तथा आधारभुत औषधी वितरण गर्नुका साथै स्वस्थ्य स्वयम सेविका हरुलाई थप प्रोत्साहन भत्ताकोे व्यावस्था गर्ने उनले बताए ।

२०७४ सालको निर्वाचानलाई फर्केर हेर्दा 
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार आठराई त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेसका विश्व नाथ सिटौला २२२७ मत ल्याई विजयी हासिल गरेका थिए ।

यस्तै नेकमा एमालेका लक्ष्मी बहादुर यक्सो २२१४ मत ल्याएका थिए भने नेकपा माओवादी केन्द्रका बालचन्द्र आङ्बुहाङ ५६० मत ल्याएका थिए । तर, यो पटक भने नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले गठबन्धन गरेको छ । यो कारण पनि अध्यक्ष पदका लागि पोमुलाई थप चुनौति बनेको छ । उनी उक्त चुनौतीलाई स्विकार्दै अघि बढेको बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*