मालपोत ताप्लेजुङका प्रमुख ,नगद सहित अख्तियारको नियन्त्रणमा
ताप्लेजुङ । मालपोत कार्यालय ताप्लेजुङका प्रमुख लेखा पनेरु महतलाइ अख्तियारको टोलीले घुस रकम सहित नियन्त्रणमा लिएको छ । सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रकम सहित नियन्त्रणमा लिएको छ ।
बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्ता सहित छोराका नाममा पास गरिदिए बापत सेवाग्राहीबाट १ लाख ५० हजार रकम लेनदेन गरेको अभियोगमा पनेरुलाइ अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । ‘सेवाग्राहीबाट लिएको अतिरिक्त रकम १ लाख ५० हजार रुपैंया सहित मालपोत अधिकृत पनेरुलाइ नियन्त्रणमा लिएको भन्ने जानकारी आएको छ’प्रवक्ता श्याम प्रसाद भण्डारीले भने ।
फुङ्लिङ वडा नं ४ को कोप्चेलाइनको एक घरबाट सेवाग्राहीबाट लिएको उक्त रकम सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।



















