एमालेले टुंग्यायो ५ महानगर र ९ उपमहानगरका मेयर र उपमेयरका उम्मेदवार

वेलकम खबर
बैशाख ११, २०७९

काठमाडौँ । नेकपा एमालेले ५ महानगरपालिका तथा ९ उपमहानगरपालिको मेयर तथा उपमेयरका उम्मेदवार टुंगाएको छ । विराटनगर महानगरपालिका र जनकपुर, जितपुर सिमरा उपमहानगरपालिकाबाहेक अन्यको मेयर तथा उपमेयरको टुंगो लगाएको हो ।
काठमाडौंमा एमालेले केशव स्थापितलाई मेयर र सुनिता डंगोललाई उपमेयरमा उठाउने भएको छ । यस्तै ललितपुर महानगर प्रमुखमा हरिकृष्ण व्यञ्जनकार, उपप्रमुखमा मञ्जली शाक्य बज्राचार्य, पोखरामा प्रमुख दीपक पौडेल र उपप्रमुख मञ्जुदेवी गुरुङ, भरतपुर प्रमुखमा विजय सुवेदी चयन भएका छन् ।
भरतपुरमा उपप्रमुख टुंगिएको छैन । यस्तै वीरगन्जमा प्रमुख विजय सरावगीको नाममा निर्णय भए पनि उपप्रमुख पद पाएको लोसपाले भने नाम सिफारिस गरेको छैन ।

धनगढी

प्रमुख रणबहादुर चन्द

उप प्रमुख कन्तकला थारु

नेपालगञ्ज

पशुपतिदयाल मिश्र

शान्तिदेवी ढकाल

तुलसीपुर

प्रमुख – टीकाराम खड्का

उपप्रमुख – ज्ञानी चौधरी

घोराही

प्रमुख- नरुलाल चौधरी

उपप्रमुख- मनकुमारी केसी

बुटवल

प्रमुख- बाबुराम भट्टराई

उपप्रमुख- सावित्रादेवी अर्याल

हेटौंडा

प्रमुख- अनन्त पौडेल

उपप्रमुख- सुमित्रा काफ्ले

कलैया

प्रमुख- विनोद साह

उपप्रमुख- बाँकी

धरान

प्रमुख मञ्जु भण्डारी

उपप्रमुख पदम लिम्बु

इटहरी

प्रमुख- यमकुमार सुब्बा

उपप्रमुख- संगीता चौधरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*