ताप्लेजुङमा काग्रेस उपसभापति सहित ठूलो संख्यामा एमाले प्रवेश
ताप्लेजुङ । नेपाली काग्रेस ताप्लेजुङका पूर्वजिल्ला उपसभापति मणि लाबुङ र फक्त्ताङलुङ गाउँपालिका सभापति भद्र बोखिमको सहित दुई सय बढी कार्यकता नेकपा एमालेमा प्रबेश गरेका छन ।नेकपा एमालेको फकताङलुङ ४ इखाबुमा शनिवार आयोजित कार्यक्रमा उनिहरुलाई नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले पार्टीमा प्रबेश गराएको नेकपा एमाले फक्त्ताङलुङ गाउपालिका कमिटिले जनाएको छ

। माओबादी केन्द्रबाट पनि निमा शेर्पाको टिम प्रबेश गरेको एमालेले जनाइएको छ । बोखिम नेपाली काङग्रेसको गाउपालिका अध्यक्षको उम्मेद्धारको आकांक्षी रहेका र समिकरणमा माओबादीको भागमा फक्त्ताङलुङ गाउपालिका परे पछि असन्तुष्ट बनेका थिए । ताप्लेजुङ जिल्लाका स्थानिय तहको सत्ता गठबन्धन भित्र भाग लगाएको निर्णय पछि पार्टीबाट राजिनामा दिएका थिए ।



















