जिसस प्रमुख मादेनले दिए पदबाट राजिनामा
ताप्लेजुङ । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख धनेन्द्र मादेनले आज उपप्रमुख देवीमाया नेपाली समक्ष राजिनामा दिएका छन । प्रमुखको राजिनामा स्वीकृत भएको जिसस कार्यालय ताप्लेजुङले जनाएको छ । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा वडा सदस्यको उम्मेद्धारी दिनका लागि राजिनामा दिएको सामाजिक संजालमा लेख्नु भएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा एमालेबाट फुङलिङ वडा नं १ मा वडा सदस्यमा निर्वाचित भई जिसस प्रमुख बन्नु भएको थियो ।

स्थानिय तहको निर्वाचनमा भाग लिनका संवैधानिक ब्यवस्था अनुसार प्रमुखले उपप्रमुख समक्ष र उपप्रमुखले प्रमुख समक्ष राजिनामा दिनु पर्ने हुन्छ । यस्तै कुनै लाभको पदमा रहेको ब्यतिले स्थानीय तहको कुनै पदमा उम्मेद्धारी दिने भएमा लाभको पदबाट राजिनामा दिएको पत्र जुन स्थानीय तहमा दर्ता भएको प्रमाण मनोनयन दर्ता गर्दा अनिर्वाय पेश गर्नु पर्ने प्रावधान रहेको छ ।



















