कार्कीलाई यो बर्षको टिकाराम पत्रकारिता पुरस्कार
ताप्लेजु्ङ । यस बर्ष टिकाराम पत्रकारिता पुरस्कार ताप्लेजुङका सञ्चारकर्मी संगिता कार्कीले प्राप्त गर्नु भएको छ । नेपाल पत्रकार महासंघको शिफारिसमा टिकाराम स्मृति प्रतिष्ठानले नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको सहसचिव समेत रहेको कार्कीलाई नगद ५ हजार १ सय ५ रुपैयाद्धारा पुरस्कृत गरेको हो । त्यस्तै सामाजिक क्षेत्रमा सहयोग पुर्याउने रेडक्रस उपशाखा फुरुम्बुलाई नगद १० हजार १ सय ५ रुपैयाले पुरस्कृत गरेको छ ।
समाजसेवी फुङलिङ नगरपालिका वा नं ९ हाङदेवा साविक हाङदेवा गाविसका अध्यक्ष ज्ञानप्रसाद तामाङलाई नगद रु ५ हजार १ सय ५ रुपैया सहित पुरस्कार प्रदान गरिएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल टिकाराम गौतमको २०६७ साल कार्तिक ११ गते निधन भएको थियो । गौतमको निधन पछि उहाँको परिवारले टिकाराम गौतम स्मृति प्रतिष्ठान स्थापना गरी आजैका दिन गौतमको जन्म दिनको अवसर पारेर प्रत्येक बर्ष बैशाख ९ गते उहाको सम्झनामा प्रतिष्ठानले कार्यक्रम गरी विभिन्न विधामा पुरस्कार तथा सम्मान गदै आइरहेको छ ।



















