ताप्लेजुङमा एसइइ परिक्षाको तयारी पुरा

मदन गौतम
बैशाख ८, २०७९

ताप्लेजुङ । माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि ताप्लेजुङ जिल्लामा कायम गरिएका १७ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष तोकिएको छ ।  जुन विद्यालयको केन्द्र हो त्यही विद्यालयका प्रधानाध्यापक वा प्रिन्सिफल स्वत केन्द्राध्यक्ष चयन भएका छन । यस वर्षको एसइई परीक्षा सञ्चालनका लागि २ वटा निजी तथा आवासीय विद्यालयलाई समेत केन्द्र तोकिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भटटराईका अनुसार परीक्षा केन्द्र तोकिएका लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुल परीक्षा केन्द्रमा प्रिन्सिपल युवराज गिरी र नवज्योति आवासीय माविमा प्रिन्सिपल तेजबहादुर भट्टराई केन्द्राध्यक्ष रहेका छन ।
इकाई प्रमुखका अनुसार १५ वटा सामुदायिक विद्यालयमा परिक्षा केन्द्र तोकिएको छ । मोती मावि खोक्लिङमा केबुहाङ लिम्बू, त्रिभुवन मावि थुकिमामा खड्ग केदेम, मैवाखोला मावि तेम्बेमा भक्तबहादुर लिम्बू, सरस्वती मावि हाङ्पाङमा चन्द्रप्रसाद तामाङ र दुर्गा मावि फुलवारीमा कुलप्रसाद भट्टराई ,सिँवा माविमा ओमनाथ गौतम केन्द्राध्यक्ष रहेकाछन् ।
यस्तै थेचम्बु मावि थेचम्बुमा देउकुमार लिम्बू, सिनाम मावि सिनाममा महेन्द्रप्रकाश गौतम, तेल्लोक मावि तेल्लोकमा रुकमान थेबे र गणेश मावि खेवाङमा रामकुमार लिम्बू भञ्ज्याङ मावि साब्लाखुमा राजेन्द्र इदिङ्गो, केन्द्राध्यक्ष रहेका छन् ।
यस्तै बाससुं मावि मेदिबुङ परीक्षा केन्द्रमा रामचन्द्र उपाध्याय, भानुजन माविमा राजमणि प्याकुरेल, युवा वर्ष मावि कैंजलेमा चन्द्रमणि पौडेल र जनता मावि हाङ्देवामा शरदराज निरौला केन्द्राध्यक्ष चयन भएका छन्। परिक्ष केन्द्रमा १८ सहायक केन्द्राध्यक्ष र १ सय ११ निरीक्षक खटिने बताइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भट्टराईका अनुसार विद्यार्थी संख्याको अनुपातमा युवा वर्ष मावि कैंजलेमा मात्र २ जना सहायक केन्द्राध्यक्ष खटिने छन् भने बाँकी १६ वटा परीक्षा केन्द्रमा १–१ जना सहायक केन्द्राध्यक्ष खटिने छन्। भट्टराईका अनुसार सबै परीक्षा केन्द्रमा गरी कूल १ सय ११ जना निरीक्षक (गार्ड) खटिने छन्। सबैभन्दा बढी २ सय ३८ परीक्षार्थी युवावर्ष मावि कैंजलेमा रहेका छन भने सबैभन्दा कम ७२ परीक्षार्थी नवज्योति आवासीय मावि परीक्षा केन्द्रमा रहेका छन । जिल्लाभरी कूल २ हजार २ सय २३ जनाले एसइई परीक्षा लेख्ने शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । इकाई प्रमुख भटटराईका अनुसार प्रश्न पत्र ,उत्तर पुस्तिका लगायतका आवश्यक सामाग्री परिक्षा केन्द्रमा पुगिसकेको जानकारी दिनु भयो । माध्यमिक शिक्षा परिक्षा (एसइइ ) भोलि बिहान ८ बजेबाट संचालन हुदैछ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*