काग्रेस सात माओवादी दुई प्रमुख सहित बन्यो ताप्लेजुङमा तीन दलिय गठबन्धन
ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा सत्ता गठबन्धन तीन दलले आगामी बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ ।
नेपाली काङ्ग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर गठबन्धन गर्ने निर्णय गरेको हो । नेपाली काङ्ग्रेस ताप्लेजुङका सभापति गजेन्द्र तुम्याहाङ र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक बिष्णुकुमार हाङबाङले बुधवार पत्रकार सम्मेलन मार्फत तीन दलको चुनाबी गठबन्धन बनेको घोषणा गर्नु भएको हो । जसमा नेपाली काग्रेसले नगरपालिका सहित सात र माओवादी केन्द्रलाई दुई स्थानीय तहको नेतृत्व गर्नेगरी भागबण्डा भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । यता एकीकृत समाजवादी पार्टीको तर्फबाट भने घोषणा सभामा कोहि पनि उपस्थिति रहेको थिएन।
यस्तो छ गठबन्धनको भागबण्डा
१, फुङलिङ नगरपालिका – प्रमुख नेपाली कांग्रेस, उपप्रमुख माओवादी केन्द्र
२, आठराई त्रिवेणी गाउँपालिका – अध्यक्ष नेपाली कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्र
३, मिक्वाखोला गाउँपालिका – अध्यक्ष, नेपाली कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्र
४, मेरिङ्देन गाउँपालिका – अध्यक्ष, नेपाली कांग्रेस, उपाध्यक्ष नेकपा एस
५, फक्ताङ्लुङ गाउँपालिका – अध्यक्ष, माओवादी केन्द्र, उपाध्यक्ष नेपाली कांग्रेस
६,मैवाखोला गाउँपालिका – अध्यक्ष, माओवादी केन्द्र, उपाध्यक्ष नेपाली कांग्रेस
७, पाथिभरा याङ्वरक गाउँपालिका – अध्यक्ष, नेपाली कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्र
८, सिदिङ्वा गाउँपालिका – अध्यक्ष, नेपाली कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्र
९, सिरीजंघा गाउँपालिका – अध्यक्ष, नेपाली कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्र
जिल्ला समन्वय समिति प्रमुख – माओवादी केन्द्र, उपप्रमुख नेकपा एस



















