फुङलिङमा एकघरमा आगलागी
मदन गौतम
बैशाख ६, २०७९
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ ३ मा आगलागी हुदा घर सहित मतान जलेर पुर्ण नष्ट भएको छ । सोमबार दिउसो ढाडगाउँका मयामे गुरागाईको र भगिरथ र बाबुराम गुरागाई घर र मतान जलेर नष्ट भएको सुर्के माध्यमिक विद्यालय थुकिमाका शिक्षक हरि प्रसाद घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार दिउसो घरमा कोही नभएको समयमा आगलागी भएकोले घरमा भएको अन्न पात तथा लत्ताकपडा सबै जलेर नष्ट भएको छ । क्षतिको पूर्ण विवरण आउन बाकी रहेको छ ।



















