सोलुखुम्बुबाट सत्तागठबन्धनाई अध्यक्ष ओलीले भन्नुभयो– चुनाव सार्ने चेष्टा नगर्नुहोस्

वेलकम खबर
बैशाख ५, २०७९

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्थानीयतह निर्वाचन केन्द्रित बृहत् जनसभालाई सम्बोधन गर्न आज सोलुखुम्बु पुग्नुभएको छ ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धन चुनाव सार्ने षड्यन्त्रमा लागेको बताउनुभयो ।‘एमाले विरुद्ध गठबन्धन दल बालुवाटारमा ओथारो बसिरहेका छन् रे तर फुल पार्न सकेका छैनन्,’ उहाँले भन्नुभयो,। ‘चुनाव टार्न कसैले सक्ने छैन । चुनाव हामी गराएरै छाड्छौं ।’अध्यक्ष ओलीले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि पनि सम्झाएको स्मरण गराउँदै त्यस्तो षड्यन्त्रमा नलाग्न आग्रह गर्नुभयो । ‘प्रधानमन्त्रीलाई मैले यसअघि पनि भनिसकेको छु र आज पनि भन्छु, चुनाव सार्ने चेष्टा नगर्नुहोस्,’ अध्यक्ष ओलीले भन्नुभयो । एमालेसँग डराएर सत्तागठबन्धन चुनावबाट भाग्न खोजेको अध्यक्ष ओलीको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*