ताप्लेजुङमा दुधको मुल्य बढ्यो
ताप्लेजुङ । ताप्लेजुङमा बैशाख ५ गते देखि दुध तथा दुधजन्य पदार्थको मुल्य बढ्ने भएको छ । सदाबहार दुग्ध उत्पादक सहकारी संस्थाको संयोजन र फुङलिङ नगरपालिका बजार भित्रका दुग्ध बिक्री गर्ने ब्यवसायीहरुको २०७८ चैत्र ३० गते संयुक्त बसेको बैठकको निर्णयबाट दुध खरिद मुल्य प्रति रु ६० बिक्री मुल्य प्रति लिटर रु ८० , दही खरिद मुल्य प्रति लिटर रु ९० बिक्री मुल्य प्रति लिटर रु १२० , पनिरको खरिद मुल्य प्रतिकिलो रु ६५० विक्री मुल्य प्रतिकिलो रु ७०० रहने गरी मुल्य समायोजन गरेकोछ ।
दुधको पहिलेको खरिद मुल्यमा प्रति लिटरमा १० र बिक्री मुल्य प्रति लिटरमा २० रुपैया बढाईएको छ । दाना , ढुवानी भाडा तथा दुध प्याकीङ गर्ने प्लाष्टिकको मुल्य वृद्धि भएकोले दुग्धजन्य पदार्थको मुल्य बढेको सदाबहार दुग्ध उत्पादक सहकारी संस्थाका संचालक समिति सदस्य सुर्य प्रसाद पोख्रेल बताउनु हुन्छ । पहिलो पटकको कोरोना भाईरसको लहर पश्चात मुल्य बढेको थिएन । मुल्य समायोजन गर्दा के मापदण्डलाई आधार मानियो । कि आपुर्ति कम भएर या गुणस्तर अथवा अन्य के छ मुल्य समायोजनको आधार उपभोक्ता किसान र केही ब्यवसायीले असन्तुष्टी ब्यक्त गरेका छन । मुल्य समायोजन गर्दा सबै सरोकारवाला निकायको राय छलफल पश्चाल निर्णय लिनु पर्ने धारण ब्यवसायी दुर्गा ढुङगानाको रहेको छ ।



















