यु्वा बैज्ञानिक सम्मानित

वेलकम खबर
बैशाख ३, २०७९

काठमाडौ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौले शनिवार युवा बैज्ञानिकलाई सम्मान गरेको छ । शनिवार काठमाडौमा नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरी राष्ट्रिय आविष्कार केन्द्रमा कार्यरत बैज्ञानिक सुमन सिलिम्बोलाई सम्मान गरेको हो । .

ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा ५ साविक पेदाङमा जन्मिएर राष्ट्रिय आविष्कार केन्द्रमा आवद्ध भई मकै, गहुँ र कोदो छोडाउने (थ्रेसर ) मेसिन बनाउन सफल भएको भन्दै सिलिम्बोलाई कार्यक्रममा अतिथि ताप्लेजुङका प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईद्धारा सम्मान गरिएको सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताए । कार्यक्रममा सरोकार केन्द्रले प्रकाशन गरेको क्यालेन्डर समेत सार्वजनिक गरिएको थियो भने आजिबन सदस्यहरुको प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री योगेश भट्टराई डाक्टर सुरेन्द्र कार्की,चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र ताप्लेजुङ समाज नेपालका महासचिव अग्नी पौडेल लगायतले शुभकामना मन्तब्य राखेको थिए । कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष टंक श्रेष्ठले राखेका थिए भने सञ्चालन महासचिव नन्दु बनेमले गरेका थिए । कार्यक्रमको अध्यक्षता अध्यक्ष साँवाले गरेका थिए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*