आगामी चुनावमा बहुमत ल्याएर एमालेले ५ वर्ष सरकार चलाउँछ : ओली

वेलकम खबर
बैशाख २, २०७९

लमजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत प्राप्त गर्ने र ५ वर्षसम्म सरकार चलाउने बताए । शुक्रबार लमजुङको घलेगाउँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेप्रति जनताको आकर्षण बढेकाले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका हुन् ।
उनले एमाले केही क्षणका लागि मात्रै प्रतिपक्षमा बसेको समेत बताए । घलेगाउँलाई सुखी गाउँ घोषणा गर्दै ओलीले नेपालको पहिलो सुखी गाउँ घोषणा गर्न पाउँदा खुसी व्यक्त गरे । अध्यक्ष ओलीले सुखी नेपाली समृद्ध नेपालुको परिकल्पना घलेगाउँबाट सुरु भएको पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*