बैज्ञानिकलाई सम्मान गदै ताप्लेजुङ सरोकार केन्द्र

वेलकम खबर
बैशाख १, २०७९

काठमाडौ । ताप्लेजुङ सरोकार केन्द्रले राष्ट्रिय आविष्कार केन्द्रमा कार्यरत बैज्ञानिक सुमन सिलिम्बोलाई सम्मान गर्ने भएको छ ।

ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा जन्मिएर राष्ट्रिय आविष्कार केन्द्रमा आवद्ध भई मकै, गहुँ र कोदो छोडाउने (थ्रेसर मेसिन ) बनाउन सफल भएको भन्दै सिलिम्बोलाई सम्मान गर्न लागिएको सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताए ।
आउदो बैशाख ३ शनिवार नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रममा सलिम्बोलाई सम्मान गर्ने अध्यक्ष साँवाले बताए । पहाडी क्षेत्रमा उपयोगी हुने धान रोप्ने मेसिन बनाउने कार्यमा पनि सफलतातर्फ उन्मुख भएको भन्दै जिल्लाबासीको तर्फबाट सम्मान गर्न लागिएको सरोकार केन्द्रका कार्यालय प्रमुख सन्तोष मादेनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*