नेकपा एमालेको घोषणापत्र मस्यौदा समितिलाई स्वास्थ्य तथा जनसंख्या विभागद्वारा सुझाव पेश

वेलकम खबर
चैत्र २९, २०७८

काठमाडौं । आगामी बैशाख ३० गते हुन लागेको  स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले तयार पारिरहेको घोषणापत्र मस्यौदामा स्वास्थ्य तथा  जनसंख्या विभागले विषयगत सुझाव पेश गरेको छ । उक्त सुझाब  घोषण पत्र  मस्यौदा समितिका संयोजक ईश्वर पोखरेल मार्फत पेश गरिएको हो ।

नेपालको  संविधान, १५औं पञ्चवर्षीय योजना, विषयगत ऐनहरु, दिगो  विकास लक्ष्य, नेकपा एमालेका राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेजहरूका आधारमा विज्ञहरुबाट आएको राय सुझावलाई स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा पार्टीले लिनु पर्ने  नीति तथा कार्यक्रमका बारेमा  तयार गरिएको सुझाब  घोषण पत्र मस्यौदा समितिका संयोजक मार्फत सुझाव पेश गरिएको स्वास्थ्य तथा जनसंख्या विभाग एमालेका प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

एमालेको  स्वास्थ्य तथा  जनसंख्या विभाग र स्वास्थ्यकर्मी महासंघ नेपालको आयोजनामा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा घोषणा पत्र मस्यौदा समितिका संयोजक पोखरेलको प्रमुख आतिथ्यमामा गत चैत्र २० गते छलफल तथा अन्तरक्रिया कार्यक्रमको  आयोजना समेत गरिएको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*