गभर्नरलाई हटाउने निर्णयबारे ओली भन्छन्– धान खाने मुसो, चोट पाउने भ्यागुतो

वेलकम खबर
चैत्र २६, २०७८

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन्। अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै ओलीले अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतोजस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अर्थतन्त्र बुझेका व्यक्तिलाई सरकारले गभर्नरबाट निलम्बन गरेर बलिको बोको बनाएको आरोपसमेत लगाए। अधिकारीलाई निलम्बन गरेर सरकारले माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाएको भन्दै ओलीले आपत्ति जनाए।

त्यसैगरी, अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरूलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सदस्य बनाउने काम गरेर नातावाद र कृपावादको चरम नमुना प्रस्तुत गरेको दाबी गर्नुभयो । उहाँले क्रान्तिकारी हुँ भन्नेहरूले आफू र आफन्तबाहेक अरूलाई नहेर्ने गरेको यो पछिल्लो उदाहरण भएको अध्यक्ष ओलीको भनाइ थियो । उहाँले भन्नु भयो,
‘राजनीतिक प्रतिस्पर्धा भइरहेको छ। तर, प्रतिस्पर्धा कस्तो भइरहेको छ भने अस्वस्थ। हिजो मात्रै पनि हामीले देख्यौँ। हिजो थुतुनाभरि रौँ भएको मुसाले धान खायो। एउटै रौँ नभएको भ्यागुतोलाई कारबाही गर्‍यो। तपाईंहरूले थाहा पाउनुभयो होला–धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि। त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो। ध्वस्त पार्‍यो देशको अर्थतन्त्र। अनि एउटा सोझो भ्यागुतोलाई लगेर कारबाही गर्ने उखानजस्तै गरेर राष्ट्र बैंकको गभर्नरलाई हिजो कारबाही गर्‍यो, जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थियो,’ अध्यक्ष ओलीले भने।nayapatrikadaily

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*