गभर्नर महाप्रसाद अधिकारी निलम्बित
काठमाडौं ।सरकारले राष्ट्र बैंककका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
सरकारले अधिकारीलाई निलम्बित गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोबिन्द परियारले अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।
गर्भनरले विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्नका लागि अनौपचारिक टिम बनाउने विषयमा पनि छलफल भएको थियो ।मुलुकमा आर्थिक संकटको अवस्था सिर्जना भएको र यस्तो अवस्थामा सूचना चुहाउने गरेको आरोप उनीमाथि लागेको छ ।



















