ताप्लेजुङ साक्षर जिल्ला घोषणा

मदन गौतम
चैत्र २३, २०७८

ताप्लेजुङ ।ताप्लेजुङलाई साक्षर जिल्ला घोषण गरिएको छ । शिक्षा विकाश तथा समन्वय इकाइ ताप्लेजुङको आयोजनामा बुधवार सदरमुकाम स्थित जिल्ला समन्वय समितिको प्राङगणमा जिल्लालाई साक्षर जिल्ला घोषण गरिएको हो ।
ताप्लेजुङमा १५देखि ६० बर्ष उमेर समुहका कुल जनसंख्या मध्ये ९६।४७ प्रतिसत जनसंख्या साक्षरता भएकाले ताप्लेजुङलाई साक्षरता जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा तथा समन्वय इकाइले जनाएको छ ।
यस अघि विभिन्न पालिकाहरुलाई साक्षर पालिका घोषणा गारिएको ताप्लेजुङङलाई जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले साक्षर नेपाल बर्ष २०७६ को अवधारणापत्र अनुसारका प्रकृया र प्रावधान पूरा भएकोले ताप्लेजुङलाइ साक्षर जिल्ला घोषणा गर्न प्रस्ताव गर्नु भएको थियो सोहि प्रस्ताव वमोजिम प्रदेश न १ का उधोग ,श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामले साक्षर जिल्ला घोषण गर्नुभएको हो । उद्घाटन गदै मन्त्री हाङगामले जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न जनप्रतिनिधिहरुले महत्वपूर्ण भुमिका खेलेको बताँउदै देश निर्वाचनमा गएकाले अव आउने नयाँ प्रतिनिधिहरुले कार्यन्वयन र बाँकी रहेका जनसंख्यालाई साक्षर बनाउन लागी पर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै प्रदेश नं १ का सांसद बल बहादुर सामसोहाङले जिल्लालाई साक्षर जिल्ला घोषण गर्न सबैको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्दै सबै प्रति आभार व्यक्त गर्नुभयो । फुङलिङ नगरपालिकाका नगर प्रमुख छत्रपति प्याकु्रेलले अब जिल्लामा रहेका निरक्षर जनसंख्यालाई चाँडै साक्षर बनाउन तर्फ सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा विभिन्न विद्यालयका विधार्थीहरु बीच ‘साक्षर नेपाल,समृद्धिको आधार‘ शीर्षकमा पालिका स्तरीय अन्तर मावि बक्तुत्वकत प्रतियोगिता पनि भएको थियो । प्रतियोगितामा भानुजन मावि फुङलिङकी बिजु राईले प्रथम स्थान हात पारिन्। यस्तै फक्ताङलुङ गाउँपालिकावाट सिँवा माविकी जानुका लाम्गादे द्धितिय ,पाथीभरा याङ्वरक गाउँपालिकाबाट थेचम्बु माविका सौगात बिष्ट तृतीय भए । प्रथम ,दृतिय र तृतिय हुनेले क्रमस ८ हजार ७ हजार र ६ रुपंैयाका साथ प्रमाणपत्र प्राप्त गरेकाछन्।
सिदिङ्वा र सिरिजङ्घा गाउँपालिका अनुपस्थित रहेको बक्तृत्वकला प्रतियोगितामा सहभागी अन्य ४ पालिकाका सहभागी बिद्यार्थीलाइ समेत प्रोत्साहन स्वरुप नगद तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*