जसपा ताप्लेजुङले टुङग्यायो ताप्लेजुङको पालिकामा उम्मेदवार फुङलिङमा मादेन को उम्मेदवार बन्दै छन (हेर्नुहोस)

मदन गौतम
चैत्र २१, २०७८

ताप्लेजुङ । आगामी स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टी ताप्लेजुङद्धारा उम्मेदवार हरुको नामावली सार्वजनिक गरेको छ ।
जसपाले ताप्लेजुङले आगामी बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि ५ पालिकाको लागि आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो । पार्टी कार्यालय फुङलिङमा आज पत्रकार सम्मेलन गर्दै जसपाले आफ्ना पार्टीको उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

फुङलिङमा मेयरका लागि प्रदिप मादेनलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । फक्ताङलुङमा श्री लिङखिम,मिक्वाखोलामा डिल्ली साँवा, पाथीभरा याङवरकमा सरल तामाङ र सिदिङवामा अमृत लिङदेनलाई उम्मेदवार बनाउने भएको छ ।
बाकी रहेका गाउपालिका तथा वडाका उम्मेदारको केही दिनमा आपसी सहमतिमा नामावली टुङ्ग्याउने जसपा जिल्ला अध्यक्ष कृतीमान मादेनले जानकारी दिनुभयो ।
अन्य दल हरु सँग गठवन्धन गर्ने सम्भावना के छ भन्ने प्रश्नमा गठवन्धनका दलहरुसँग सहमतिको लागी प्रयास गरिरहेको र गरिहने वताउदै मादेनले समान हैसियतका साथ गठबन्धनमा मिल्ने बातावरण बनेमा मिलेर जान सकिने उहाको धारणा थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*