प्रधानमन्त्रीको विदेश भ्रमण पहिलो गासमा मै ढुङगा : ज्ञवाली

मदन गौतम
चैत्र २०, २०७८

ताप्लेजुङ । नेकपा एमालेले निर्वाचनलाई लक्षित गदै देशै भरी कार्यकर्तालाई प्रशिक्षण गरिरहेको छ । केन्द्रीयस्तरका नेताहरु देश दौडाहामा छन । नेकपा एमाले ताप्लेजुङको अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आउनु भएका नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले प्रेस चौतारी नेपाल ताप्लेजुङले  गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउबाले नेतृत्व गरेकोे भारत भ्रमणको कुनै औचित्य नभएको बताउनुभयो ।
भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्रीले नेपालको अभिभावकको हैसियत कायम गर्न नसकेको र कुटनैतिक मर्यादा पालन गर्न नसकेको जस्ता आरोप लगाउनु भएको छ । पूर्व परराष्ट्र मन्त्री समेत रहुन भएका ज्ञवालीले प्रधानमन्त्रीको भारत भम्रण पहिलो गास मै डुङगा लागेको टिपणी गरेका छन ।

अहिलेको परमादेशी सरकारले लिपुलेख ,लिपियाधुरा कालापानीको समस्या समाधान तर्फ चासो दिएको छैन । नेपाली काङग्रेसको सभापतीको हैसियतमा मात्र भारतको भ्रमण गरेको टिप्पणी गरे । यो सरकारले विकास निर्माणको काम गर्न नसकेको पेट्रोलियम पदार्थको मुल्य वृद्धि नियन्त्रण , महगी नियन्त्रण , राष्टि«य हित अनुकुल काम सकेको छैन । आगामी बैशाखमा हुने स्थानीय निर्वाचनको प्रसंगमा उपमहासचिवले भने कुनै पनि दलसग राटि«ष्यस्तरमा गठबन्धन हुदैन ।

आवश्यकता अनुसार स्थानीय तहमा सहमतीका आधारमा चुनावी तामेल हुन सक्दछ यो दल वा त्यो दल भन्ने हुदैन । नेकपा एमाले कसैको बैसाखी नटेकीकन निर्वाचनमा भाग लिन सक्दछ । नेकपा एमाले प्रति जनताको आकर्षण बढदै गएको ज्ञवालीले बताए ।कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो जिल्ला अध्यक्ष भुपेन्द्र थेवे लगायतको उपस्थिति रहेको थियो भने पत्रकार सम्मेलन चौतारीमा अध्यक्ष बसन्त पालुङ्वाको अध्यक्षता सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*