ताप्लेजुङमा माओबादी केन्द्रबाट निर्वाचित बडा अध्यक्ष आङबुहाङ सहित दजनौ कार्यकता एमालेमा प्रबेश
ताप्लेजुङ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिका वडा नं ५ को वडाध्यक्षमा निर्वाचित सन्तोष आङ्बुहाङ एमालेमा प्रवेश गरेका छन् । आङबुहाङ माओवादी केन्द्र आठराई त्रिवेणी गाउँपालिकाका सचिवालय सदस्य समेत रहेका थिए । माओवादी केन्द्र ताप्लेजुङका जिल्ला सचिवालय सदस्य सूर्य आङ्वुहाङ ५४ जना एमालेमा प्रवेश गरेको जिल्ला उपसचिब दिपेन्द्र पोमूले बताउनुभयो ।
नेकपा एमाले आठराई त्रिवेणी गाउपालिका कमिटिले गरेको स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रममा उनीहरुलाई एमाले पोलिटब्युरो सदस्य तथा पूर्वसांसद तिलकुमार मेन्याङ्वो तथा प्रदेश तथा जिल्ला स्तरका नेता नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।



















