सिदिङ्वाले चुम्यो मेयरकपको उपाधि
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा भएको अन्तर पालिका स्तरीय पुरुष भलिवल प्रतियोगताको उपाधि सिदिङवा गाउँपालिकाले चुमेको छ ।
फुङलिङको भानु माविको खेलमैदानमा गत चैत्र ९ गते देखि भएको खेलको आज भएको फाईनल खेलमा भएको फाइनल खेलमा सिरिजङ्घा गाउँपालिका लाई ३:१को सेटमा पराजित गर्दै सिदङ्वाले उपाधिमाथी कक्जा जमाउन सफल वनेको हो । उस्ले सिरिजङ्घा गाउँपालिकालाई २५—१९,२३—२५,२५—१२,२५—२० को अङ्क सेटमा पराजित गरेकोे हो ।

विजेता वने सगै सिदिङ्वाले नगद दुई लाख पचास हजार एक सय साथै कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता वनेको सिरिजंघाले नगद एक लाख पचास हजार एक सय साथै मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । सेमिफाइनल वाट वाहिरिएका पाथीभरा याङ्वरक र फक्ताङलुङ गाउँपालिकाले नगद रु चालिस हजारको साथमा मेडल र प्रमाण पत्र पाप्त गरेकाछन्।



















