मेयर कप : फक्ताङलुङ, पाथीभरा याङवरक, सिद्धिङवा र सिरीजङ्घा सेमिफाइनलमा  

वेलकम खबर
चैत्र ११, २०७८

मदन गौतम
फुङलिङ । फुङलिङ नगरपालिकाको आयोजनाले  मेयर कप अन्तर पालिका स्तरीय भलिबल प्रतियोगितामा आज ५ वटा खेल सम्पन्न भएका छन ।

विहीबार स्थगित खेल र प्रिक्वार्टरफाइनल चरणका खेल सकिएका छन ।  सेमिफाइनलमा फक्ताङलुङले फुङलिङलाई हराउँदै सेमिफाइनलमा पाथीभरा याङवरक गाउपालिका सँगको भेट पक्का गरेको छ ।

यस्तै मैवाखोला सँग सहज जित निकालेर सिरीजङ्घाले सिद्धिङवा सँग  सेमिफाइनलमा खेल्ने भएको छ । मेरिङदेनलाई पछि पार्दै सिद्धिङवा सेमिफाइनलमा पुगेको हो भने पाथिभरा याङवरकले  मिक्वाखोलालाई हराउँदै सेमिफाइनलमा पुगेको छ ।

२०७५ साल देखि वडा स्तरमा गरिएको मेयर कप पुरुष भलिबल  प्रतियोगिता २०७६ बाट स्तर वृद्धि गरि अन्तर पालिका स्तरीय  रुपमा खेलाउन थालिएको हो । प्रतियोगितामा ताप्लेजुङका सम्पूर्ण ९ वटा पालिकाहरूको सहभागिता रहेको छ ।

प्रतियोगिता लिगकम नकआउट  प्रणालीका आधारमा खेलाइने छ । प्रतियोगिताको विजेता हुने पालिकाले नगद रु दुई लाख ५० हजार एक सय साथ मेडल प्रमाण पत्र र कप  पाउने छन्  भने उपविजेताले एक लाख पचास हजार एक सयसहित मेडल प्रमाण पत्र र कप प्राप्त गर्ने छन् ।

साथै तृतीय हुने पालीकाले नगद रु चालीस हजार एक सयका साथ मेडल प्रमाण पत्र र कप प्राप्त गर्नेछन् ।  शनिबार  सेमिफाइनल तथा फाइनल खेल सँगै पुरस्कार वितरण तथा तेस्रो संस्करण को मेयर कप २०७८ को समापन हुने  आयोजकले जनाएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*