मेयर कप : पाथीभरा याङवरक, फक्ताङलुङ र सिरिजघा विजयी
मदन गौतम
फुङलिङ । फुङलिङ नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको मेयर कप अन्तर पालिका स्तरीय भलिबल प्रतियोगितामा आज ५ वटा खेल हुने भनी पनि तिन वटा मात्र सम्पन्न भएका छन ।
पहिलो खेल पाथीभरा याङवरक गाउँपालिकाले सोझो सेटमा फुङलिङ नगरपालिकालाई हराउँदै सहज जित निकालेको छ । दोस्रो खेल फक्ताङलुङ गाउँपालिकासँग मिक्वाखोला गाउँपालिकाले सम्हालेर खेल्न नसक्दा फकताङलुङ विजयी बनेको हो ।
तेस्रो खेल सिरिजघा र मेरिङदेन गाउपालिका बिच भएको थियो । जसमा सिरिजंघा गाउँपालिकाले जित निकालेको छ । समुह चरणको एउटा खेल र प्रिक्वार्टर फाइनल चरणको एउटा खेल भने वर्षाका कारण स्थगित भएको हो ।
स्थगित खेल, प्रिक्वार्टर फाइनल चरणका खेल र सेमिफाइनल खेल शुक्रबार बिहानैबाट हुने बताईएको छ । २०७५ साल देखि वडा स्तरमा गरिएको मेयर कप पुरुष भलिबल प्रतियोगिता २०७६ बाट स्तर वृद्धि गरि अन्तर पालिका स्तरीय रुपमा खेलाउन थालिएको हो । दुई वटा खेल बुधबार नै सकिएका छन ।
मिक्वाखोला र आठराई त्रिवेणी गाउपालिका र दोस्रो खेल सिद्धिङवा र मैवाखोला बिच भएको हो । मिक्वाखोला र सद्धिङवा गाउँपालिकाले सोझो सेटमा जित निकालेका थिए । प्रतियोगितामा ताप्लेजुङका सम्पूर्ण ९ वटा पालिकाहरूको सहभागिता रहेको छ । प्रतियोगिता लिगकम नकआउट प्रणालीका आधारमा खेलाइने छ ।
प्रतियोगिताको विजेता हुने पालिकाले नगद रु दुई लाख ५० हजार एक सय साथ मेडल प्रमाण पत्र र कप पाउने छन् भने उपविजेताले एक लाख पचास हजार एक सय साथै मेडल प्रमाण पत्र र कप, तृतिय हुने पालीकाले नगद रु चालीस हजार एक सयका साथ मेडल प्रमाण पत्र र कप प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता आगामी चैत्र १२ गते समापन हुने आयोजकले जनाएको छ ।



















