चिनियाँ विदेश मन्त्रीको भ्रमणमा तमोर जलाशययुक्त आयोजनालाई एजेन्डा बनाउन आग्रह
काठमाडौँ । तमोर नदीमा निर्माण गर्ने भनिएको तमोर जलाशययुक्त आयोजना चाँडै निर्माणमा लान त्यस क्षेत्रका नेताहरुले परराष्ट्रमन्त्री डा. नारायण खड्काको ध्यानाकर्षण गराएका छन् । खास गरी चियायाँ विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा उक्त आयोजनालाई उच्च प्राथमिकतामा राखेर छलफलको एजेन्डा बनाउन उनीहरुले मन्त्री खड्काको ध्यानाकर्षण गराएका हुन् ।
पूर्वको ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटा हुँदै बग्ने उक्त नदीमा २ सय ५ मिटर अल्लो बाँध निर्माण गरी ७६३ मेगावाट क्षमतामा उक्त आयोजना निर्माण गर्न चिनियाँ राष्ट्र सी जिङपिङको नेपाल भ्रमणका क्रममा २०१९ नोभेम्बरमा लगानी बोड र पावर चाइना कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको थियो । अहिले चिनियाँ विदेशमन्त्री आउँदा उक्त आयोजाना निर्माणलाई उच्च प्राथमिकतामा राखी छलफलको एजेन्डा बनाउन प्रभावित क्षेत्रका नेताहरुले माग गरेका छन् ।
नेताहरु योगश भट्टराई, डा. विजय सुब्बा, भवानीप्रसाद खापुङ, बसन्तकुमार नेम्वाङ र राजेन्द्रकुमार राईले परराष्ट्रमन्त्री खड्कालाई बिहीबार ध्यानाकर्षणपत्र बुझाएका हुन् ।लगानी बोर्ड र पावर चाइनाबीच भएको सम्झौता अनुसार दुई विस्तृत सम्भाव्यता अध्ययन सकेर ८ वर्षभित्र निर्माण सक्ने उल्लेख गरिएको भए पनि हालसम्म उक्त आयोजनाको काम अघि बढ्न सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणले गरेको अध्ययन अनुसार आयोजनालाई २ सय ५ मिटर अग्लो बाँध बनाएर ७ सय ६३ मेगावाटसम्मको क्षमतामा र अधिकतम ३०० मटिर अग्लो बाँध बनाएर २ हजार ५ सय ६५ मेगावाट क्षेमतासम्ममा निर्माण गर्न सकिने देखिएको छ । प्राधिकरणले यसलाई निकै आकर्षक आयोजना भएको भन्दै अघि बढाउन इच्छा देखाउँदै आएको छ ।आयोजनाको लगानीको मोडल किटान नहुँदा यो आयोजना अघि बढ्न सकेको छैन ।



















