पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङको अध्यक्ष रक्की थेबे

वेलकम खबर
चैत्र ७, २०७८

मदन गौतम
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तिर्थस्थल पाथीभराको संरक्षण संवद्धन तथा प्रवद्धन गर्ने सरकारी समिती पाथीभरा क्षेत्र विकास समितिको अध्यक्षमा सिरिजङगा – २ का युवा नेता रक्की थेबे नियुक्त भएका छन ।

संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रीको सिफारीसमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले थेबेलाई नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष रक्कि थेबे नेकपा एकिकृत समाजबादी ताप्लेजुङ जिल्ला कमिटी उपसचिव हुन । समितिका अध्यक्ष पुष्प बरुवालको गत जेठमा कोरोना संक्रमणका कारण अमेरिकामा निधन भए पश्चात सो पद खाली रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*