‘दोस्रो ताप्लेजुङ सरोकार केन्द्र फुटसल कप’को उपाधि मिक्वाखोलाले चुम्यो

वेलकम खबर
चैत्र ६, २०७८

काठमाडौं – ताप्लेजुङ्गेहरूको अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिता सम्पन्न भएको छ । ताप्लेजुङ घर भई काठमाडौंमा बसोबास गर्ने खेलाडीहरुलाई लक्षित गरी आज २०७८ चैत ५ गते शनिवार ताप्लेजुङ अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिता भएको हो ।

ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा दोस्रो सरोकार केन्द्र फुटसल कप २०७८ आयोजनामा १३ टिम प्रतियोगि र २ मैत्रीपूर्ण महिला टिम सहभागी थिए । प्रतियोगितामा प्रथम मिक्वाखोला गाउँपालिका र दोेस्रो मैवाखोला गाउँपालिका भएको थियो ।

मिक्वाखोला गाउँपालिकाका खेलाडी देवी गिरिले सर्वाधिक गोल ६ गोल गरेका थिए भने उत्कृष्ट गोलकिपर मिक्वाखोला कै पुजन सांवा ए त्यसैगरि उत्कृष्ट खेलाडी भने मैवाखोला गाउँपालिकाका सन्त राई भएको सरोकार केन्द्रका उपमहासचिव तथा प्रतियोगिता व्यवस्थापन समितिका संयोजक सन्तोष मादेनले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा ताप्लेजुङमा घर भई काठमाडौंमा बस्नेहरुको पालिकास्तरीय टिमको सहभागिता रहने छ । प्रतियोगिताका विजेता मिक्वाखोला गाउँपालिकाले नगद ५१ हजार, सहित ट्रफि, मेडल, प्रमाण(पत्र साथे उपविजेताले नगद ३१ हजार सहित मेडल, प्रमाण(पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितालाई सहयोग गर्न प्रथम पुरस्कार पाथीभरा देवी दर्शन केवलकार, दोस्रो पुरस्कार स्व।रामप्रसाद पालुङवा स्मृति प्रतिष्ठानवाट र उत्कृष्ट खेलाडी, गोलकिपर र गोलकर्तालाई क्रमस रविन प्यासी, सुनिता थापा र प्रो। हिमालका संचालक विनोद आचार्यले नगद सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त सावा लगायत केन्द्रका सल्लाहकार शिव गुरुङ, ध्रुवनारायण श्रेष्ठवाट विजेता तथा उपविजेता लगाएत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*