प्रचण्ड र माधव नेपाल एमसीसीको एम्बुसमा परे : योगेश भट्टराई
काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी नेता पुष्पकलम दाहाल प्रचण्ड आफुले थापेको एम्बुसमा आफै फसेको बताउनु भएको छ ।
नेकपा एमाले ताप्लेजुङ काठमाडौ सम्र्पक मञ्चको १२ अधिवेशन उद्घाटन गदै नेता भट्टराईले पहिला पहिला प्रचण्डले एम्बुस,पास थाप्न लगाउनुभयो पासो एमालेका सदस्य ,नेपाली सेना तथा अन्य सर्वसाधारणले कति परे सायद प्रचण्डले एमसिसीलाई पनि एम्बुसका रुपमा प्रयोग गर्न खोज्नु भएको थियो तर आफुले थापेको एम्बुसमा अहिले प्रचण्ड र माधव नेपाल परेको दाबी गर्नुभयो ।

सचिव भट्टराईले एमसीसीलाई प्रचण्ड र माधव नेपालले पार्टी बिभाजनको रुपमा प्रयोग गर्न खोजेको थिए एमसीसी २०७६ असारमा एमसिसी संसदमा टेलब भएको थियो त्यो बेला नै पास गर्न सहयोग गरेको नेकपा नफुट्ने समेत बताउनुभयो ।
आज जहा आउनुभयो हिजो किन नआएको उहाँले प्रचण्ड र माधव नेपाललाई प्रश्न गर्नुभयो । माओवादी र समाजवादीले एमसीसीका नाममा ईमोसनल ब्ल्याकेलिङ गरेको दाबी गदै नेता भट्टराई घुम्दै फिदै प्रचण्ड र माधव नेपाल टालेको थाङनो सुत्न आएको दाबी गर्नुभयो ।
सचिव भट्टराईले एमसीसी माओवादी र एकिकृत समाजबादी पार्टी भित्र छटपटी भएको बताउदै राष्ट्रबादका मुकुन्डो उदाङो भएको दाबी गर्नुभयो ।
उहाँले एमाले पार्टीगत स्वार्थ र ब्यक्तिगत स्वार्थमा नलाग्ने दाबी गदै देश सम्हाल्ने पार्टी एमाले भएकाले एमाले कच्चा राजनीतिक नगर्ने बताउनुभयो । नेता भट्टराई दुनियामा नेपालको दुश्मन नरहेको बताउदै नेपाल भुमिलाई उपयोग गरेर दुई देशको झगडा शैय नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्यहरु टंक आङबुहाङ,पासाङ शर्पाले देश निर्माण गर्ने पार्टी एमाले मात्र भएको दाबी गर्नुभयो । भने नेकपा एमाले ताप्लेजुङ जिल्ला अध्यक्ष भुपेन्द्र थबेले आउदो बैशाख ३० गते ह्ुने निर्वाचनमा एमालेलाई बिजयी बनाउन सवै एकजुट भएर जिल्ला फर्कन आग्रह गर्नुभयो ।





















