निजामती कर्मचारी संगठन ताप्लेजुङको नेतृत्व थापालाई
ताप्लेजुङ । पेशागत महासघ नेपालसग आवद्ध निजामती कर्मचारीहरुको राष्टियस्तरको टेड युनियन नेपाल निजामती कर्मचारी संगठन ताप्लेजुङको ११ औ जिल्ला अधिबेशन आज फुङलिङममा सम्पन्न भएको छ । अधिबेशनले सर्वसम्मत रुपमा दुर्गा प्रसाद थापाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्ष रञ्जना तामाङ र भानुभक्त श्रेष्ठ , सचिब दिपक भटटराई , सहसचिव ललित कुमार नाल्बो , कोषाध्यक्ष रमेश गुरागाई सदस्यहरु प्रशान्त खतिवडा ,अनिता बयलकोटी, सुमन खालिङ , मन कुमारी कार्की , सिता जोगी , पवन भटटराई ,शंखर राउत , सचिन रेग्मी र विशाल सिक्देल तथा केन्द्रिय प्रतिनीधीहरु बिजय गोठाले गौतम , लक्ष्मी माया वनेम , कमला गौतम र बान्दबराज दुलाल हुनुहुन्छ । प्रदेश प्रतिनिधी लोकेन्द्र बुढाथोकी र निकेश भटटराई चयन भएको केन्द्रिय प्रतिनीधी बिजय गोठाले गौतम बताउनु भयो



















