कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य
वेलकम खबर
फाल्गुन २१, २०७८
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार २२० नमुनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै सोही अवधिमा ३६२ जना निको भएका छन् । योसँगै ९ लाख ५८ हजार ५५५ निको भएको मन्त्रालयले जनाएको छ ।
आज कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । देशभर ६ हजार ९४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।



















