एमालेले एमसीसीबारे आधिकारिक धारणा आज सार्वजनिक गर्ने
काठमाडौ । संघीय संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन सम्बन्धी आफ्नो आधिकारिक धारणा आज सार्वजनिक गदैछ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा दिउँसो १ तीनकुनेमा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। रिजालका अनुसार एमसीसी लगायत समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको हो।१५ फागुनमा प्रतिनिधि सभाबाट एमसीसी कम्प्याक्ट अनुमोदन हुँदा एमाले सांसद्हरूले वेल घेराउ गरिरहेका थिए। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ।सत्तारुढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले सोमबार पत्रकार सम्मेलन गरेर एमसीसीबारे आफ्ना धारणा राखीसकेका छन्।



















