ताप्लेजुङमा निर्वाचन सम्बन्धि कार्यक्रम सम्पन्न

मदन गौतम
फाल्गुन १५, २०७८

ताप्लेजुङ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले आगामी बैसाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अन्तिम नामावली तयार पार्ने प्रयोजनकालागी सञ्चालन हुने मतदाता नामावली अध्यावधिक सम्वन्धीत विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रशासन कार्यलयको सभाहलमा भएको कार्यक्रममा आगामी वैसाख ३० गते हुने स्थानीय तहको चुनावमा निर्वाचन आयोगले मतदाता नामावलीको विषयमा गरेको कार्यको समिक्षा गर्दै त्यस विषयमा आफ्नो धारणा राखेको थियो । कार्यक्रममा सहभागी अधिकांश सहभागी हरुले निर्वाचन आयोगले गत फागुन ५ गते प्रकाशन गरेको मतदाता परिचय हराएमा वा नस्ट भएमा वडाको शिफारिसको साथमा जिल्ला निर्वाचन कार्यलयमा उपस्थित हुन आग्रह गरिएको सुचना भौगोलिक विकटता तथा अन्य कठिनाइका कारण अव्यावहरिक भएको भन्दै त्यो सुचनाले प्रभावकारी भुमिका खेल्न नसक्ने गुनासो गरेका छन ।
आयोगको सुचनालाई लक्षित गदै फुङलिङ नगरपालिका २ का वडाअध्यक्ष मोहन न्यौपानेले मतदाता परिचय पत्र नभएकै कारण कुनै मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नवाट वञ्चित हुन नहुने वताउनु्भएको भयो । वडाअध्यक्षको जस्तो गुनासो अधिकांश सहभागी दलका प्रतिनीधीहरुले गरेका थिए ।
कार्यक्रममा वोल्दै संघिय लिम्वबुवान मञ्चका मुक्साम लावुङले आयोगले मुत्यु भएका मतदाता हरुको नामावली हटाउन वडाको सिफारिस लिएर जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुन गरिएको सुचना प्रति आफ्नो भनाई राख्दै मृत्युु भएका मतदाताको नामवली हटाउनकै लागी दुर दराज वाट जिल्ला निर्वाचन सम्म आउने कष्ट गर्नुपर्ने वाध्यता सर्वसाधारणको हितमा नहुने टिप्पणी गर्नुभयो ।
त्यस्तै कार्यक्रममा वोल्दै नेपाली काङग्रेस जिल्ला कार्य समिति उपसभापति डिल्लीरमण बरालले मतदाता परिचय पत्र नभएको खण्डमा नागरिकले मतदान गर्ननपाउनु नागरिक अधिकार विपरितको कार्य भएको बताउनुुभयो । यसलाई सर्मथन गदै फुङलिङ नगरपालिकाका नगरप्रमुख छत्रपति प्याकुरेलले सो विषय लाई जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचन आयोग सम्म पु¥याउनु पर्नेमा जोड सुझाब राख्नु भएको थियो ।
छलफलमा उठेका विषय हरुमा जवाफ दिदै जिल्ला निर्वाचन प्रमुख शकुन्तला राईले गत फाल्गुण ५ गते आएका भौगोलिक विकटता लगायतका विषय हरुलाई निर्वाचन आयोग सम्म पठाइएको जानकारी दिनु हुदै अवका विषय पनि आयोग सम्म पुग्ने वताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेश पोख्रेल,जिल्ला समन्वय समिति प्रमुख धनेन्द्र मादेन ,फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल ,विभिन्न राजनैतिक दलका प्रतिनिधी लगायत सरोकारवाला हरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*