एमसीसीमाथिको सैद्धान्तिक छलफल बहुमतले पारित

वेलकम खबर
फाल्गुन १५, २०७८

काठमाडौं । सरकारले प्रतिनिधिसभामा पेस गरेको एमसीसी सम्झौताको सैद्धान्तिक छलफल सकिएको छ । एमसीसीको छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएसँगै सम्झौतामाथिको सैद्धान्तिक छलफल सकिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथिको सैद्धान्तिक छलफलका लागि बैठकमा प्रस्तुत गरेका थिए । त्यस लगत्तै विभिन्‍न दलका सांसदहरूले एमसीसी परियोजनामाथि आफ्नो धारणा राखेका थिए । छलफलमा सांसदहरूले राखेका धारणाको अर्थमन्त्री शर्माले जवाफ दिएपछि सभामुख सापकोटाले सामान्य छलफलको प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई ध्वनि मतले पारित गरिएको छ ।

सभामुख सापकोटाले आइतबारै साँझ साढे ६ बजेको अर्को बैठक आह्वान गरेका छन् ।

फागुन ८ गते बसेको संसद् बैठकबाट एमसीसी परियोजना अनुमोदनका लागि टेबल भएको थियो । एमसीसीलाई आजै सरकारले अनुमोदन गर्ने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*