उद्योग बाणिज्य संघ ताप्लेजुङमा निर्विरोध, अध्यक्षमा थापा

मदन गौतम
फाल्गुन १३, २०७८

ताप्लेजुङ । उद्योग बाणिज्य संघ ताप्लेजुङको अध्यक्षमा नारायण थापा निर्बाचित भएका छन । विहिवार अध्यक्षमा मनोनयन दर्ता गराएका ज्ञानप्रसाद मिश्रले शुक्रवार (आज ) दिउसो उम्मेद्धारी फिर्ता लिएपछि थापा निर्बिरोध भएका हुन ।
मनोनयन फिर्ता लिने समय भोली विहान सम्म रहेको थियो । तर मिश्रले आजै उम्मेदारी फिर्ता लिएपछि बाणिज्य संघका सबै पदाधिकारी तथा सदस्य निर्बिरोध निर्बाचित भएको निर्बाचन समितिका सदस्य बिष्णु खतिवडाले जानकारी दिनु भयो ।

छ जना पदाधिकारीमा प्रथम उपाध्यक्ष गणेश कुमार श्रेष्ठ , दितिय उपाध्यक्ष सोजित श्रेष्ठ , तृतिय उपाध्यक्ष दुर्गा प्रषाद पौडेल , महासचिव कमल लिम्बु ,सचिव खेमनाथ केसी , कोषाध्यक्ष विकास गौतम , यस्तै कार्यसमिति सदस्यमा दावा शेर्पा , दिनेश खवास , विकास हाङगाम , रुपक घिमिरे , तेज बहादुर भटटराई , दुर्गा बहादुर पालुङवा , हिमाञ्चल तिल्सिना , भद्रवीर रेग्मी , पुण्यप्रसाद आचार्य , बिशाल गुरुङ , लोचन भण्डारी , युवराज महतारा , मिना बराल , गायत्री भण्डारी गरी १४ जना निर्वाचित भएका हुन । एमाले ,काङग्रेस ,माओबादी केन्द्र सम्बद्ध ब्यापारी रहेका छन भने अन्य पाटीको उपस्थिती नरहेको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*