संसदमा एमसीसी पारित प्रक्रियामा विवाद

वेलकम खबर
फाल्गुन १३, २०७८

काठमाडौं । प्रतिनिधि सभाबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)पारितको प्रक्रियामा विवाद खडा भएको छ । यसले राजनीतिक सरगर्मी बढेको छ ।

बिहीबार दिनभर संसद् भवनमा राजनीतिक दलका नेताहरूको भेटघाट बाक्लिएको छ । सांसदहरू बैठकका लागि नयाँ बानेश्वर पुगे पनि शीर्ष नेताहरू सिंहदरबारको संसद् भवनमा भेटघाट र छलफलमा नै केन्द्रित बने । कार्यव्यवस्था समितिको बैठकले बैठक सञ्चालनको तयारीका लागि कार्यसूची फाइनल गरे पनि सरकारको आग्रहमा सूचना टाँस गरेर बैठक स्थगित गरियो ।

प्रधानमन्त्रीको आग्रहमा संसद् बैठक स्थगित भएको हो । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक सूचना टाँस गरी शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०सँग सहमति गर्न शुक्रबारसम्मको समय मागेपछि सभामुख अग्नि सापकोटाले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रधानमन्त्रीको आग्रह’दयगत सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी दिएको जनता समाजवादी पार्टीका सांसद बाबुराम भट्टराईले जानकारी दिए । प्रतिनिधि सभामा अहिलेसम्म नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी एमसीसी पारित गर्न‘पर्ने पक्षमा छन् । नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत–समाजवादी० विपक्षमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले लामो समयदेखि संसदीय प्रक्रियामा भाग लिएको छैन ।

उसले प्रतिनिधि सभाको वेल घेराउ गर्दै नाराबाजी गर्दै आएको छ । यही अवस्थामा प्रतिनिधि सभामा सभामुखले एमसीसी निर्णयार्थ पेस गरेको अवस्थामा एमसीसीको पक्षमा कति संख्या पुग्यो भने पास हुन्छ रु भन्ने विषयमा विवाद देखिएको छ । एमालेको नाराबाजीबीच माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गरे पनि एमसीसी ध्वनि मतका आधारमा पारित हुन सक्छ ।

एमालेले नाराबाजी गरिरहेका बेला उनीहरूको मत गणना हुन्न । त्यसैले हुन्छ भन्नेको बहुमत हुने भएकाले एमसीसी अनुमोदन हुन सक्छ । प्रतिनिधि सभा नियमावलीको नियम २८ मा सभामुखले ‘हुन्छ’ वा ‘हुन्न’ भन्ने उच्चारण गर्न लगाई जुन पक्षको बहुमत ठह¥याउँछ सोको घोषणा गर्ने उल्लेख छ ।

ध्वनि मतमा कसैले असहमति जनाए मत विभाजनका लागि सभामुखले एक÷एक सांसदलाई उभ्याएर ‘हुन्छ’ वा ‘हुन्न’ भन्न लगाउनेछन् । अथवा १० प्रतिशत अर्थात् २८ सांसदले मत विभाजन माग गरे हस्ताक्षरसहितको मत विभाजनको प्रक्रियामा जानेछ ।

माओवादी केन्द्र वा नेपाली कांग्रेसले मत विभाजन माग्ने÷नमाग्ने स्पष्ट छैन । संसद अवरोध गरिरहेको एमालेले मत विभाजन माग्ने सम्भावना छैन ।

नेकपा ९एमाले० संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास ने म्वाङ भने संसद्बाट प्रस्ताव पास गर्न उपस्थितको बहुमत चाहिने बताए । तर, नाराबाजी गरिरहेका बेलाको मतगणना नहुने उनले स्पष्ट पारे ।

‘वेलको मत गन्ती हुँदैन । हाम्रो एमाले वेलमा छिर्छ । हाम्रो ‘हुन्छ’ वा ‘हुन्न’ मा गन्ती हुँदैन । क्लियर हो त्यो,’ उनले भने, ‘तर प्रश्न के हो भने मत संख्यामा उपस्थित संख्याको गणना हुन्छ कि हुँदैन भन्ने हो । सभामुखले के भन्छभन्दा उपस्थित माननीय सदस्यको बहुमतले यो पास भयो भन्छ ।

त्यो उपस्थितभित्र हामी पर्छौं कि पर्दैनौं भन्ने प्रश्न हो ।’ निर्णय सुनाउँदा सभामुखले उपस्थितको बहुमत भनेर सुनाउनुपर्ने उनले बताए । सन्धि ऐनको दफा ४ को उपधारा २ मा संसद्मा पेस भएको सन्धिको अनुमोदन, स्वीकृति समर्थन वा सम्मिलनसम्बन्धी प्रस्ताव संसद्मा उपस्थित सदस्य संख्या बहुमतबाट पारित हुनुपर्नेछ भनेर लेखिएको छ ।

एमसीसी प्रतिनिधि सभामा छलफलमा अगाडि बढे पनि पारित कसरी हुन्छ भन्ने विषय अझै रस्साकस्सीमै छ । प्रतिनिधि सभामा नेपाली कांग्रेसका अहिले ६१ सांसद छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका १३ सांसद छन् । दुवै जोड्दा ७६ सांसद हुन्छन् । विपक्षमा मतदान गर्ने माओवादीको पक्षमा ४९ सांसद छन् भने नेकपा एकीकृत समाजवादी ९सोमप्रसाद पाण्डेसहित० २४ सांसद छन् ।

दुवै जोड्दा ७३ सांसद हुन्छन् । प्रतिनिधि सभामा निर्णयार्थ पेस हँुदा साना दलले पनि विपक्षमा मत दिनेछन् । नेमकिपा, राप्रपा, जनमो र्चाका एक÷एक सांसद छन् । यी ३ सांसद थपिँदा विपक्षमा मत दिने संख्यासमेत ७६ पुग्छ । यस्तोमा बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टी जनता समाजवादी पार्टी निर्णायक हुन्छ ।

बाबुराम भट्टराई एमसीसी पास गर्न‘पर्ने पक्षमा छन् भने उपेन्द्र यादव एमसीसी पास गर्ने पक्षमा छैनन् । जनता समाजवादीका २१ सांसदमध्ये कति जना भट्टराईजस्तो पास गर्न‘पर्ने पक्षमा वा कति जना यादवजस्तै पास गर्न‘हुन्न भन्ने पक्षमा छन् भन्ने स्पष्ट छैन ।

अझ संसदीय प्रक्रियामा भाग नलिइरहे को दल नेकपा एमालेका भीम रावलले मतदानमा विपक्षमा मत दिने बताइसकेका छन् ।राजधानी दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*