एमसीसीमा माओवादी र एकीकृत समाजवादीको दोहोरो चरित्र

वेलकम खबर
फाल्गुन ९, २०७८

काठमाडौं । एमसीसी संसद्मा टेबल गर्ने क्रममा सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र प्रदर्शन गरेका छन् । यी दुवै पार्टीका उच्च तहका नेताहरूले एमसीसी संसद्मा टेबल गर्न दिने निर्णय गरे पनि आफ्ना कार्यकर्तालाई भने सडकमा उतारेर दोहोरो चरित्र देखाएका हुन् ।

आइतबार सरकारले उनीहरूकै योजनाअनुसार एमसीसी संसद्मा टेबल ग(यो । टेबल गर्दा संसद्मा सामान्य असन्तुष्टि मात्रै देखियो तर राजधानीका सडकमा उनीहरूकै कार्यकर्ताले लगातार विरोध गर्दा प्रहरीसँग दिनभर भिडन्त भयो । कैयां कार्यकर्ता र प्रहरी घाइते भए । जनजीवन प्रभावित बन्यो । काठमाडांको मुटु मानिने बानेश्वर क्षेत्र दिनभर रणमैदान जस्तै बन्न पुग्यो । तर, दुवै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल बाहिरको दृश्यसँग खासै संवेदनशील देखिएनन् । कार्यकर्ताको भावनामाथि खेलबाड गरेको भन्दै उल्टै उनीहरूको विरोध भयो ।

दुवै दलभित्र चर्को विवाद

यद्यपि, यी दुई दलभित्रै एमसीसीको विषयलाई लिएर चर्को विवाद उत्पन्न भएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले केही समयअघिसम्म मात्रै एमसीसी यथास्थितिमा संसद्मा टेबल गर्न नदिने बताउँदै आएका थिए । तर, शनिबार दुवै अध्यक्ष एकाएक ‘युटर्न’ हुँदै एमसीसीको पक्षमा लचिलो मात्रै देखिएनन कि संसद्मा टेबल गर्न दिनेगरी पार्टीभित्र निर्णय गराए । सत्ता गठबन्धन जोगाउनकै लागि र सरकारमा रहिरहनका लागि दुवै अध्यक्ष एमसीसीमा लचिलो बनेको भन्दै कार्यकर्ता पंक्तिबाट दुवैको चर्को आलोचना भइरहेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार माओवादी र नेकपा समाजवादीको एमसीसीको विरोधी पनि देखिनुपर्ने र सत्ताको लोभ पनि गरिरहने प्रवृत्ति उत्कर्षमा पुगेको छ । जसका कारण आइतबार एमसीसी टेबल भयो । यदि यी दुवै पार्टीका अध्यक्षहरूले नचाहेको भए एमसीसी संसद्मा टेबल हुनै नसक्ने र उनीहरूको दोहोरो चरित्रकै कारण यो सम्भव भएको राजनीतिक विश्लेषकको ठहर छ ।

प्रमुख सत्तारूढ दल काग्रेस भने सुरुदेखि नै एमसीसीको पक्षमा रहँदै आएकाले यसमा उसले अन्य दुई सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीलाई आफ्नो एजेन्डामा ल्याउन सफल भएको देखिएको छ ।

माओवादी केन्द्रले एमसीसी सम्झौता अनुमोदन गर्ने सन्दर्भमा दोहोरो चरित्र देखाएको देखिन्छ । उसले सत्ता गठबन्धन जोगाउन शीर्ष तहमा एमसीसी संसद्बाट अनुमोदन गर्ने तर, सडकमा एमसीसीविरुद्ध नारा लगाउन कार्यकर्ता पठाइरहेको छ जसका कारण काठमाडौंका सडक आइतबार तनावग्रस्त बन्न पुृगे ।

गत २ फागुनमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ सडकमा नै उत्रिएर एमसीसीविरुद्धको नाराबाजीमा सहभागी मात्र भएका थिएनन्, माओवादी संसदीय दलको बैठकले तत्काल एमसीसी संसद्मा लैजान सहमति नजनाउने बताएको थियो । तर, माओवादी संसदीय दलको सो निर्णय एक साता पनि टिकेन ।

स्रोतका अनुसार माओवादीको संसदीय बैठक बसेको अघिल्लो दिन साँझ दाहाल निवास खुमलटारमा बसेको वरिष्ठ नेताहरूको जमघटमा दाहालले संसद्मा टेबल हुन नदिने र भइहाले सरकारबाट बाहिरिने ब्रिफ्रिङ गरेका थिए ।

त्यही ब्रिफ्रिङको भोलिपल्ट साँझको गठबन्धन बैठकमा सहमति जुट्न सकेको थिएन । त्यसबेलासम्म एमसीसी टेबल गर्न नदिने अडानमा रहेको माओवादीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छोड्न चेतावनी दिएपछि सत्ता छोड्नुपर्ने डरले माओवादी केन्द्रले एमसीसी टेबल गर्न दिएको स्रोतको दाबी छ ।

सोही दिन सत्तागठबन्धनको बैठक भाँडिएपछि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेका थिए । बालकोटमा भएको छलफल सहमतितिर नगएकै कारण गठबन्धनभित्र सहमति खोज्न देउवा अग्रसर भएका थिए । दाहालमाथि दबाब पनि सिर्जना गरिरहेका थिए । अन्ततः प्रधानमन्त्री देउवा माओवादी र एकीकृत समाजावादीलाई एमसीसी टेबल गराउने कार्यमा सहमतिमा ल्याउन सफल देखिए ।

सुरुदेखि नै एमसीसीको विरोधमा रहँदै आएको एकीकृत समाजवादीले शनिबार युटर्न हुदै संसद्मा टेबल गर्न दिने निर्णय ग¥यो । यद्यपि, यो निर्णयको एकीकृत समाजवादीभित्र व्यापक विरोध भइरहेको छ । नेता झलनाथ खनाल, उपमहासचिव जगन्नाथ खतिवडाले खुलेर विरोध गरिरहेका छन् । खनालले अमेरिकी दबाबमा एमसीसी टेबल गर्न खोजिएको भन्दै संसद्मै विरोध जनाएका छन् । नेता खनालले संसद्मा जबर्जस्ती एमसीसी टेबल गरेर संविधान मिचिएको समेत बताएका छन् ।

त्यस्तै, एकीकृत समाजवादीका भ्रातृ संगठनले नयाँ बानेश्वरमा एमसीसीविरुद्ध नाराबाजी गरेका थिए । एकीकृत समाजवादीभित्र यो विषयले तरंग ल्याएको छ भने त्यहाँभित्र कति धेरै असन्तुष्टि छ भन्ने कुराको पुष्टि एकै दिन तीनवटा विज्ञप्ति आउनुले गरेको छ ।

स्थायी कमिटीको निर्णय सार्वजनिक गर्न प्रवक्ताको हैसियतमा जगन्नाथ खतिवडाले विज्ञप्ति निकालेका थिए । सो विज्ञप्तिप्रति अध्यक्ष नेपाल असहमत देखिएपछि दोस्रो विज्ञप्ति निकालियो । त्यसले पनि शनिबारको स्थायी कमिटी बैठकको खास निर्णय तोडमोड भएको भन्दै महासचिव वेदुराम भुसालले विज्ञप्ति निकाले । एकै विषयमा तीन जनाले फरकफरक प्रकृतिको विज्ञप्ति निकाल्ने काम गरे । जसलाई सो पार्टीको दोहोरो तेहरो भूमिकाका रूपमा विश्लेषण गरिएको छ ।

एमसीसी टेबल गर्न दिनेगरी पार्टी नेतृत्वले निर्णय गरे पनि माओवादी केन्द्रभित्र पनि त्यसविरुद्ध चर्को विवादको संकेत देखिएको छ । कार्यव्यवस्था परामर्श समितिमा माओवादीका प्रमुख सचेतक र दुई सदस्यले लिखित असहमति जनाएका थिए भने संसद्मा पनि प्रमुख सचेतक देव गुरुङले असहमति जनाएका थिए ।

एमालेको आरोप स् सत्तारूढ दलको दोहोरो चरित्र

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता’दयगत सत्तारूढ दलको स्पष्ट धारणा नआएको आरोप लगाएको छ । एमालेले सत्तारूढ दलको दोहोरो चरित्र देखिएको आरोपसमेत लगाएको छ ।

सरकारको तर्फबाट संसद्मा एमसीसी टेबल गरिएपछि संसद् र सडकमा सत्तारूढ दलले विरोध गर्न थालेपछि प्रमुख प्रतिपक्षीले स्पष्ट धारणा माग गरेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्तारूढ दलको स्पष्ट धारणा आउनुपर्ने बताए ।

‘सरकारमा रहेका दलले एमसीसी संसद्मा टेबल गरिएपछि संसद् र सडकमा आन्दोलन गरेका छन् । पहिला सत्तारूढ दलको स्पष्ट धारणा आउनुप¥यो । उहाँहरू यसलाई पारित गर्न खोज्नुभएको हो कि होइन भन्ने स्पष्ट छैन्’ नेम्वाङले भने, ‘उहाँहरूको दोहोरो रोल देखिन्छ । उहाँहरूको स्पष्ट धारणा आएपछि हामी पनि के गर्ने भन्ने भन्छौं ।’

सरकारको नेतृत्वमा रहँदा एमाले अध्यक्ष केपी शर्मा ओली एमसीसी संसद्मा पेस गर्ने पक्षमा थिए । तर, सरकारबाट हटेपछि एमालेले एमसीसीलाई राजनीतिक दाउपेचको विषय बनाउँदै आएको छ । एमाले नेताहरूले एमसीसीको सन्दर्भमा सरकार र गठबन्धनको धारणा आएपछि आफ्नो पोजिसन क्लियर गर्ने बताउँदै आएका छन् ।

ओली नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री डा। युवराज खतिवडाले ३० असार २०७६ मा एमसीसी संसद्मा दर्ता गराएका थिए । त्यसअघि ओली नेतृत्वकै सरकारले २५ माघ २०७५ मा एमसीसी संसद्मा पेस गर्ने निर्णय गरेको थियो ।तर, आफंले दर्ता गरेको प्रस्ताव संसद्मा टेबल गरिएपछि त्यसको पक्ष वा विपक्षमा मतदान गर्ने सवालमा एमालेले कुनै निर्णय गरेको छैन । नेम्वाङले आफूहरूले उठाउँदै आएको माग सम्बोधनमा सरकार र सभामुख अग्निप्रसाद सापकोटाले चासो नदिएको आरोप लगाउँदै संसद् अवरुद्ध गर्दै आएको बताए । साथै सत्तारूढ दलको स्पष्ट धारणा आएपछि आफूहरूले पनि निर्णय गर्ने उनले बताए ।एमाले अध्यक्ष ओलीले एमसीसी संसद्मा समयमै नल्याउँदा अहिलेको अवस्था सिर्जना भएको र देशीविदेशी शक्तिहरूको ‘क्रिडास्थल’ भएको टिप्पणी गरेका छन् ।

एमालेका सांसदसँग नयाँ बानेश्वरस्थित संसद् भवनमा अनौपचारिक छलफल गर्दै अध्यक्ष ओलीले समयमै संसद्मा नल्याउँदा एमसीसी गिजोलिएको बताए । ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले ढिला गरेका कारण अमेरिका र चीन बोल्नुपर्ने अवस्था बनेको बताए ।

‘पहिला नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन । देशीविदेशी शक्तिहरूको क्रिडास्थल भयो । अमेरिका र चीन बोल्नुपर्ने अवस्था ढिला भएकै कारण भयो’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने ।एमाले सांसदसँग छलफल गर्दै अध्यक्ष ओलीले आफूहरूको माग सम्बोधन नभएकाले संसद् अवरोध निरन्तर रहने बताए । एमालेले केन्द्रीय सचिवालय र संसदीय दलको बैठकमा विगतमा एमसीसी’दयगतमा छलफल भए पनि कुनै निर्णय गर्न सकेको छैन ।पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने पक्षमा निर्णय गरिसकेको छ । तर, प्रमुख प्रतिपक्षी एमालेले एमसीसी’दयगत कुनै निर्णय गर्न सकेको छैन ।पाँच दलीय गठबन्धनमा रहेको नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०ले एमसीसी’दयगत विपक्षमा उभिँदै आएको छ । यथास्थितिमै पारित गर्न नहुने पक्षमा उभिँदै दुवै दलले विरोधसमेत गर्दै आएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)भित्र एमसीसी’दयगत फरक मत रहेको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव समूह विपक्षमा उभिँदै आएको छ । राष्ट्रिय जनमोर्चा एमसीसीको विरोधमा पहिलेदेखि नै आन्दोलनमा रहेको छ ।राजधानी दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*