ताप्लेजुङमा निर्वाचन दिवश मनाईयो
मदन गौतम
ताप्लेजुङ । छैठौं निर्वाचन दिवशको अवसरमा जिल्लाा निर्वाचन कार्यलय ताप्लेजुङले आज निर्वाचन सञ्चालन तथा व्यावस्थापनमा सरोकारवाला हरुविच अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । फुङलिङमा भएको कार्यक्रमको प्रमुख अथिती जिल्ला सम्न्वय समिति अध्यक्ष धनेन्द्र मादेन रहनु भएको थियो भने अध्याक्षता प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले गर्नु भएको थियो ।
कार्यक्रममा प्रस्तुति जिल्ला निर्वाचन अधिकारी सकुन्तला राईले गर्नुभएको थियो । कार्यक्रममा प्रस्तुति दिदै उहाँले नेपालमा निर्वाचनको इतिहाँस २००४को स्थानिय तहको निर्वाचन वाट सुरु भएको अवगत गराउनुभएको थियो ।साथै उहाँले निर्वाचन आचार संहिता , सरोकारवाला हरुको भुमिका , मतदाताको भुमिका ,नागरिक समाजको भुमिका ,तथा ताप्लेजुङमा २०७८माघ २४ गते सम्मको मतदाता सख्या ९० हजार ९ सय ३४ मध्ये पुरुष ४८ हजार ३ सय ८९ छ भने महिलाको सख्या ४२ हजार ५ सय ४५ रहेको जानकारी दिनु भयो ।
साथै निर्वाचन आयोगको पछिल्लो सुचनाको वारेमा पनि उहाँले जानकारी गराउनु भएको थियो । आयोगको पछिल्लो सुचना अनुसार नागरिकको मतदाता नामावलि परिचय पत्र हराएमा वा नस्ट भएमा सम्वन्धित वडा कार्यलयमा गई सिफारिस भइ जिल्ला निर्वाचन कार्यलयमा सम्पर्ग गर्न आग्रह गरिएको वेहोरा समेत उहाँले सुचित गर्नू भएको थियो ।



















