कोरोना खोप अभियान शुरु भएको एक वर्ष पुरा, तीन करोड चार लाख ७५ हजार बढि मात्रा लगाइयो

वेलकम खबर
माघ १४, २०७८

काठमाडौं – नेपालमा खोप अभियान शुरु भएको एक वर्षमा तीन करोड चार लाख ७५ हजार बढि मात्रा खोप लगाइसकेका छन् ।

कोरोनाविरुद्धको खोप अभियान शुरु भएको एक वर्ष पुरा भएको छ । खोप अभियान शुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक मात्रा खोप लगाएकाको सङ्ख्या एक करोड ६४ लाख ५८ हजार ४ सय ७५ पुगेको छ भने पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड ३७ लाख ३४ हजार ३ सय ९० पुगेको छ ।

यस्तै अतिरिक्त खोप लगाउनेको संख्या दुई लाख ८२ हजार ७ सय २४ पुगेको छ । कुल जनसङ्ख्यामा एक मात्रा लगाउनेको ५४।२ र पूर्ण मात्रा लगाउने ४५।२ प्रतिशत पुगेका छन् ।

लक्षित जनसंख्यामा एक मात्रा लगाउने ८२.६ र पूर्ण मात्रा लगाउने ६८.९ प्रतिशत पुगेको छ । हाल १२ देखि १७ वर्ष उमेर समूह र सोभन्दा माथि सबै उमेर समूहका व्यक्तिलाई सरकारले निःशुल्क खोप दिँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*