प्रेस चौतारी ताप्लेजुङमा पालुङवा

वेलकम खबर
माघ ६, २०७८

ताप्लेजुङ । प्रेस चौतारी नेपाल ताप्लेजुङको पाँचौ जिल्ला अधिवेशसनबाट बसन्त पालुङवाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । प्रेस चौतारी ताप्लेजुङको विहिवार सम्पन्न अधिवेशनमा उपाध्यक्षमा उपाध्यक्षमा अमृता थलङ र मदन गौतम,सचिवमा तेन्जिङ शेर्पा, सह सचिवमागंगा लिङखिम र जितेन चेम्जोङ र कोेषाध्यक्ष संगिता कार्की निर्विरोध छनोट हुन भएको हो । त्यस्तै सदस्यहरुमा जुनिता ओझा,किरण गदाईली,लक्पा शेर्पा, सुनिता रसाईली चयन हुन भएको छ ।

प्रदेश प्रतिनिधिहरुमा केशव आर्चाय र रविना राई र केन्द्रीय प्रतिनिधिहरुमा सुवास आर्चाय र सहारा लंवा चयन हुन भएको हो । अधिवेसन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य खगेन्द्र अधिकारी र शान्ता आङवुहाङका आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रम अधिवेससन सम्मेलन आयोजक समितिका संयोजक सुवास आर्चायको अध्यक्षता सम्पन्न भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*