एमालेले २५ जना भन्दा बढी भेला हुने कार्यक्रम नगर्ने
वेलकम खबर
माघ ३, २०७८
काठमाडौं । नेकपा एमालेले पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गरेको छ। पार्टी केन्द्रीय कार्यालयले सोमबार आन्तरिक सर्कुलर जारी गर्दै कोभिड(१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको हो।

साथै, सबै कमिटी, नेता(कार्यकर्ता र जनप्रतिनिधिहरुलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन दिएको छ। यसअघि एमालले कोभिड संक्रमण रोकथामका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको थियो।



















