एमालेका उपाध्यक्ष विष्णु पौडेल कोरोना संक्रमित
वेलकम खबर
माघ १, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा पोजेटिभ अर्थात संक्रमण पुष्टि भएको पौडेलले बताएका छन् ।
संक्रमण पुष्टि भएसँगै पौडेल आइसोलेसनमा बसेका छन् । यसअघि शुक्रबार एमाले महासचिव शंकर पोखरेललाई कोभिड १९ संक्रमण पुष्टि भएपछि उनी पनि आइसोलेसनमा छन् ।



















