२२ जिल्लामा एमालेको नेतृत्व चयन, कहाँ को अध्यक्ष ? (सूचीसहित)
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको शुक्रबार शुरु ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेको छ । हालसम्म विभिन्न २२ जिल्ला र दुई गैरभौगोलिक सर्वसम्मत अध्यक्ष छानिएका छन् ।
केहीमा निर्विरोध र केहीमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको हो । अध्यक्ष ओलीको गृहजिल्ला झापामा दीपक कार्की सर्वसम्मत अध्यक्षमा चयन भएका छन् भने नेता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा पनि अशोक ब्याञ्जु अध्यक्षमा सर्वसम्मत चयन भए ।
नेता महेश बस्नेतको पकड रहेको भक्तपुरमा बचन देउजाले अध्यक्षको जिम्मेवारी पाएका छन् । एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा हुकुमबहादुर बस्नेतले अध्यक्षको जिम्मेवारी पाउँदा नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृहजिल्ला गुल्मीमा बालसिंह काउछा अध्यक्ष बनेका छन् ।
कुन जिल्लामा को ?
प्रदेश १
-झापाः दीपक कार्की
-मोरङः ऋषिकेश पोखरेल
-खोटाङः रामप्रसाद दंगाल
-धनकुटाः इन्द्रमणि पराजुली
प्रदेश २
-सप्तरीः ताराकान्त चौधरी
बागमती
-धादिङः भूमी त्रिपाठी
-काभ्रेः अशोक ब्यान्जु
-भक्तपुरः बचन देउजा
-रसुवाः कर्णेल तामाङ
गण्डकी
-गोरखाः प्रेम गुरुङ
-तनहुँः श्रीप्रसाद श्रेष्ठ
लुम्बिनी
-पाल्पाः धनेन्द्रराज घिमिरे
-गुल्मीः बालकृष्ण काउछा मगर
-अर्घाखाचीः पिताम्बर भुसाल
-बाँकेः किस्मतकुमार कक्षपती
-बर्दियाः लालबहादुर श्रेष्ठ
-दाङः हुकुमबहादुर बस्नेत
-रुपन्देहीः तेजेन्द्र केसी
-कपिलवस्तुः डम्मर शर्मा
-नवलपरासी (पश्चिम): दीपेन्द्र अधिकारी
कर्णाली
-डोल्पाः शेरबहादुर बुढा
-सल्यानः गोविन्द पुन मगर
गैरभौगोलिक जिल्ला
-मजदूर विशेषः जितेन्द्र श्रेष्ठ
-पेशागत विशेषः उमेश ढकाल



















