नेकपा एमाले ताप्लेजुङको सिपाही

वेलकम खबर
पुस २५, २०७८

काठमाडौं । सुदुर पूर्वी जिल्ला ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका ५ चाक्सिबोटेमा बुबा जसबहादुर साम्सोहाङ र माता फिपावती साम्सोहाङको कोखबाट वि. सं. २०२७ साल मंसिर ३ गते जन्मेका बलबहादुर साम्सोहाङ राजनीतिमा समर्पित व्यक्तित्व हुन् ।

उनले  वि.सं. २०४६ सालमा  सिनाम मा।बि। ताप्लेजुङबाट  एसएलसी  पुरा गरेका हुन् । वि.सं. २०५० सालमा पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङबाट प्रमाणपत्र तह पुरा गरी महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामबाट राजनीति र अर्थशास्त्रमा स्नातक गरेका छन् ।

उनले लामो समयसम्म आफ्नै जिल्लाको विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अखिल जिल्ला कमिटी अध्यक्ष, केन्द्रीय कमिटी सदस्य भई विद्यार्थी आन्दोलनको अगुवाइ गरे । नबौँ जिल्ला अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटी सचिवको जिम्मेवारी पुरा गर्दै  दशौँ अधिवेशनबाट अध्यक्षको नेतृत्व लिएका साम्सोहाङ निरन्तर पार्टी निर्माणमा त्याग र योगदान गरेका व्यक्ति हुन् । उनको नेतृत्व कालमा ताप्लेजुङ जिल्लाले निर्वाचनमा प्राप्त गरेको ऐतिहासिक विजय नेपाली कम्युनिष्ट आन्दोलनकै इतिहासको गर्व गर्न लायक छ ।

२०५४ सालमा स्थानीय निर्वाचनमा चाक्सिबोटे गा.बि.स.बाट उपाध्यक्षमा निर्वाचित भएका उनी आफ्नो जन्मभूमि प्रतिको समर्पण र जनता बिच लोकप्रियताका आधारमा २०७४ सालमा ताप्लेजुङ क्षेत्र नं. १ बाट प्रदेशसभाको सदस्यमा निर्वाचित भएका हुन् । जनताको शिक्षा, स्वास्थ्य र सामाजिक जीवनस्तर उठाउन योगदान गरेका साम्सोहाङ २०५५ सालमा चाक्सिबोटे मा।बि।को व्यवस्थापन समितिको अध्यक्ष भए । नेपालकै विशिष्ट सांस्कृतिक गन्तव्य पाथीभरा क्षेत्रको विकासमा उनले पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक भएर काम गरे ।

सामाजिक सेवामा समर्पित व्यस्तताका कारण उच्च शिक्षा लिन नपाए पनि आफ्नो जिल्लाका विद्यार्थीले जिल्लामै उच्च शिक्षा प्राप्त गर्ने पाथीभरा बहुमुखी क्याम्पसको व्यवस्थापन समिति अध्यक्षका भै शिक्षा उन्नयन गर्दै सेवा गरे । सुदूर दुर्गम ताप्लेजुङ जिल्लाको विकासका साथै दुर्गम क्षेत्र विकास समितिको सदस्य भएर दुर्गम क्षेत्रको विकास र उन्नतिका लागि उल्लेख्य काम गरेका छन् ।

उनले जनताका पक्षमा सेवा गर्ने क्रममा अनेक समस्याहरू पनि झेल्नु परेको छ ।प्रहरी हिरासतमा पटक पटक यातना साथै जेल बन्दी भएका छन् । २०४० साल चैत्र १९ गते तत्कालीन चाक्सिबोटे नि।मा।बि।बाट पक्राउ परेका उनी १९ दिन प्रहरी हिरासतमा राखिए पछि ३ महिना तारेखमा राखिएको थियो ।  उनको श्रीमतीको निधन र भरखरै आफ्नी ममतामयी आमाको निधनको कठोर पिडामा समेत पार्टी नेतृत्व र आन्दोलनमा आफुलाई अविछिन्न समर्पित गरि रहेका छन् ।

पार्टी संगठनमा आवद्ध
वि.सं. २०३८ मा पार्टी सम्पर्क भएका उनी वि।सं। २०३९ सालमा चाक्सिबोटे नि।मा।बि।मा अनेरास्वबियुमा आवद्ध भए । २०४५ सालमा अनेरास्ववियुको जिल्ला कमिटीको आठौं सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका थिए । २०४७ सालमा अनेरास्ववियुको जिल्ला कमिटीको नवौं सम्मेलनबाट पुन अध्यक्षमा निर्वाचित  भएका थिए । उनले  २०४७ मंसिर १० गते पार्टी सदस्यता प्राप्त गरेका थिए ।

पुनस् २०४९ सालमा अनेरास्ववियुको जिल्ला कमिटीको एघारौं सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका उनी २०५० सालमा अनेरास्ववियुको बाह्रौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित भए । २०५१ मा नेकपा एमाले जिल्ला कमिटीको सदस्यमा मनोनित  भए । यस पछि दशौँ वर्ष सम्मपार्टी कार्यालय सचिव भए । २०६६ पौषमा सम्पन्न पार्टीको नवौं जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित भए । २०७१ मंसिरमा सम्पन्न पार्टीको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका साम्सोहाङ हाल नेकपा एमाले जिल्ला कमिटीका संयोजकको जिम्मेवारी निर्वाह गरेका छन् ।

जनप्रतिनिधिको अनुभव
२०५४ सालमा तत्कालीन चाक्सिबोटे गा।बि।स।को उपाध्यक्षमा निर्विरोध निर्वाचित भए । २०७४ सालमा ताप्लेजुङ क्षेत्र नं.१ बाट प्रदेशसभाको सदस्यमा निर्वाचित भए। प्रदेश सरकार सुशाशन तथा योजना समिति सदस्य पनि भए । यो संगै २०७८ भाद्र ११ गते एक नंबर प्रदेश सरकारको सामाजिक विकास मन्त्री भए ।

सामाजिक कार्यको अगुवाई
२०५५ सालमा चाक्सिबोटे मा.बि.मा व्यवस्थापन समितिको अध्यक्ष भए । २०६३ सालमा पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा संस्कृति पर्यटन मन्त्रायलबाट नियुक्ति भए । २०६ असोज २ गते पाथीभरा बहुमुखी क्याम्पसको अध्यक्षमा त्रि।बि।बाट मनोनयन भएका थिए । यस्तै २०६८ असार १५ गते दूर्गम क्षेत्र विकास समितिको सदस्यमा स्थानीय विकास मन्त्रालयबाट मनोनयन भए  । यो सँगै २०७० बैसाख ५ पाथीभरा बहुमुखी क्याम्पसको अध्यक्षमा त्रि।बि।बाट मनोनयन भएका थिए । प्रदेश न १ का सामाजिक विकास मन्त्री भएर निकै राम्रो कामका थालनी समेत गरेका थिए ।

ताप्लेजुङका जनताका साथी बल बहादुर साम्सोहाङ सादगी र एक इमान्दार जनताका सेवकका रुपमा परिचित छन् । पौष २३-२४ गते हुन गई रहेको नेकपा एमालेको जिल्ला अधिवेशनबाट एमाले विरासत र ऐतिहासिक निरन्तताका लागी बल बहादुर साम्सोहाङ पुन जिल्ला कमिटी अध्यक्ष हुनु पर्ने एमाले कार्यकर्ताहरुको मत रहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*