लिङ्देनले निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष लामालगायतका नेता एमालेमा प्रवेश

वेलकम खबर
पुस २४, २०७८

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी परित्याग गर्नेलाई एमालेमा प्रवेश गराएका हुन् ।

एमाले काभ्रेलाञ्चोकको १०औँ जिल्ला अधिवेशनलाई धुलिखेलमा सम्बोधन गर्न पुगेका ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै लिङ्देनले केही दिनअघि लामासहित उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई कारबाहीको घोषणा गरेका थिए ।

उक्त कारबाहीको पूर्वअध्यक्ष कमल थापाले विरोध गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*