काठमाडौंको बौद्धमा कोठाभित्र युवक–युवती मृत भेटिए

वेलकम खबर
पुस २३, २०७८

काठमाडौं ।काठमाडौंको बौद्धमा रहेको राधाकृष्ण मन्दिरनजिकै एउटै डेरामा सँगै बस्दै आएका युवक र युवती मृत फेला परेका छन् । प्रहरीका अनुसार संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत भेटिएका हुन् ।

दुवैलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। दुवै जनाको शरीरमा चोट रहेको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*