ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चको संयोजकमा मादेन सह संयोजकमा शेर्पा

वेलकम खबर
पुस १६, २०७८

काठमाडौं । आगामी माघ २२ गते महाधिवेशन गर्ने गरी नेकपा एमाले ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चमा संयोजक सन्तोष मादेन र सहसंयोजक मिङ्माकामी शेर्पा रहेको आयोजक समिति गठन भएको छ ।
सन्तोष मादेन र मिङमाकामी शेर्पा नेतृत्व रहेको दुईवटा सम्मर्क मञ्च समानान्तर रुपमा रहेको थियो । सन्तोष मादेन नेतृत्व रहेको ताप्लेजुङकाठमाडौं सम्पर्क मञ्चको २०७२ साल माघ १५ गतेको ११ओैं सम्मेलन वाट विधिवत रुपमा निर्वाचित भएका थियो । उक्त मञ्चले विधिवत रुपमा सांगठनिक कामहरु गर्दै आईरह्यो र २०७५ साल जेठ ३ पछि नेकपा एमाले र नेकपा माओवादी पार्टी विच पार्टी एकता भयो र त्यसको नेतृत्वमा एमालेको तर्फवाट सर्वसम्मत रुपमा पुन सन्तोष मादेन अध्यक्ष रहेका थिए । नेकपा भित्र तिव्र गुटबन्दी वढ्दै गर्दा एक समुहले कमरेड मिङमा कामी शेर्पाको अध्यक्ष रहने गरी २०७७ साल पुस १९ गते अर्को ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्च समानन्तर कमिटीको रुपमा निर्माण गरेको थियो । २०७७ पुस २३ को सर्वोच्च अदालको फैसलाले ऐमाले र माओवादी एकता भङ्ग भएको थियो । आयोजक समिति १४० सदस्य रहेको छ ।
प्रदेश नं १ सम्पर्क संगठन कमिटिले सम्पर्क मञ्चको दुई कमिटीलाई समायोजन गरि सम्मेलन आयोजक कमिटीमा परिणत गर्न प्रदेश नम्वर १, सम्पर्क संगठन कमिटीका सचिवालय सदस्य कमरेड चैतन्य तुम्वाहाङफेलाई जिम्मेवारी दिए पश्चात दुवै संगठनलाई एकता गर्ने र १२ओैं सम्मेलन आयोजक कमिटिमा बदली पार्टीको निर्देशन अनुसार आगामी माघ २२ गते भित्र सम्मेलन गर्ने भएको छ । प्रदेश सम्पर्क समन्वय सचिव नन्दकुमार राईको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*