कम्युनिष्ट मिल्नुको विकल्प छैन : योगेश भट्टराई

वेलकम खबर
पुस १४, २०७८

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादको लागि कम्युनिष्ट पार्टी मिल्नुको विकल्प नभएको बताउनु भएको छ ।
सहिद हरि नेपाल र चन्द्र पुरीको ४२ औ स्मृति सभामा बोल्दै उहाँले नेपालको कम्युनिष्ट आन्दोलन विभाजनको दुखद अवस्थामा रहेको बताउदै कम्युनिष्ट फुटले पूर्जिवादी प्रतिक्रियाबादी तथा नेपालमा अस्थिरता चाहने शत्तिलाई बल मिलेको बताउनुभयो ।


सचिव भट्टराईले नेपालमा जनबादी क्रान्तिलाई पूर्णता दिदै समाजवादी क्रान्तिका कार्यदिशामा अघि बढ्नका लागि फरक फरक ठाँउमा रहेका कम्युनिष्टहरु एक हुन पर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो ब्यक्तिगत कुठा त्यागेर १० बटा पार्टी नबनाई एउटै कम्युनिष्ट पार्टी हनुपर्ने बताउनुभयो । उहाँले नेपालमा सवै कम्युनिष्टहरु मदन भण्डारी अवलम्बन गरेको शान्तिपूर्ण बाटोमा रहेको बताउदै सवै सहिदको सपना पुरा गर्नका लागि कम्युनिष्टहरु निर्मताका साथ आत्माआलोचना गरेर एक हुनुपर्ने बताउनुभयो ।


झापा आन्दोलनको नेता राधाकृष्ण मैनाली कम्युनिस्ट आन्दोलनको संकटमा रहेको बताउदै दुई तिहाइ सरकार जोगाउन नसकेर ठूलो भुल भएको बताउदै नेताहरु बदलिएमा मात्र सहिदको सपना साकार हुने धारणा राख्नुभयो ।


कार्यक्रममा एकिकृत समाजवादी पार्टीका उपाध्यक्ष घनेन्द्र बस्नेतले पटक पटक कम्युनिष्ट पार्टीमा नेतृत्वले गलत गर्दा विद्रोहको बाटो समाउनु परेको बताउदै सहिदको सपना पुरा गर्न ईमानदार कम्युनिस्ट भएर बाँच्न सवैमा आग्रह आग्रह गर्नुभयो ।


कार्यक्रममा नेताहरु शुशिला श्रेष्ठ कुलप्रसाद उप्रेती लगागतले मन्तब्य राख्नु भएको थियो । हरि नेपाल स्मृति प्रतिष्ठानका अध्यक्ष भरत श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव माधव प्रधानले गर्नुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*